फागुन ५ गते देखि सुरु हुने “चौथो चन्द्रपुर महोत्सव २०८१” को सम्पूर्ण तयारी पुराः अध्यक्ष सापकोटा

0 Shares
चन्द्रपुर (रौतहट), ३ फागुन । “कृषि पर्यटन उद्योग व्यापार, संमृद्धिको मुख्य आधार” मुल नाराका साथ रौतहटको चन्द्रपुरमा यही फागुन ५ गते देखि आयोजना हुन गईरहेको “चौथो चन्द्रपुर महोत्सव २०८१” को सम्पूर्ण तयारी पुरा भएका छन् ।
चन्द्रपुर नगर उद्योग वाणिज्य संघ रौतहटको आयोजनामा कृषि पर्यटन उद्योग व्यापार र समृद्धिका लागि “प्रादेशिक औद्योगिक मेला चौथो चन्द्रपुर महोत्सव २०८१” यही फागुन ५–१७ गते सम्म संचालन हुन गईरहेको तथा महोत्सवको सम्पूर्ण तयारी पुरा भईसकेका हुन् ।
पत्रकार सम्मेलन गरेर महोत्सवको तयारी पुरा भएको जानकारी गराउदै चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष उदयनारायण सापकोटाले फागुन ५ गते दिउसो १ बजेको मधेश प्रदेश सकारका मुखिया एवं माननीय मुख्य मन्त्रीले समुदघाटन गर्ने कार्यक्रम तय गरिएको जनकारी गराए ।
स्थानीय कृषि तथा लघु उत्पादन एवं ब्यबसायिक प्रदर्शनी र बिक्री स्टल लगायत राष्ट्रिय अन्तराष्ट्रिय स्तरका कलाकारहरुको सांस्कृतिक प्रस्तुति र खेल मनोरञ्जनका सामग्री बाल उद्यान समेत रहने गरी “कृषि पर्यटन उद्योग व्यापार, संमृद्धिको मुख्य आधार” भन्ने मूल नाराका साथ तुलसीलाल आमात्य स्मृती रंगशाला चन्द्रपुर नगरपालिका वडा नम्वर आयोजना भईरहेको सो पत्रकार सम्मेलनमा अध्यक्ष सापकोेटाले बताए ।
उदघाटन अघि बिहान ११ बजे जनज्योति माध्यमिक विद्यालयको प्राङ्गण बाट चन्द्रपुरमा सक्रिय, सामाजिक, धार्मिक, खेलकुद, विभिन्न जात जाती, धर्म संस्कृति, कला संस्कृति संग सम्बन्धित संघ संस्थाहरुको अगुवाईमा आ आफ्ना पहिचान संस्कृति झल्कने शोभा झाँकी, भेष भुषा, श्रृंगार, बाजा गाजा सहित शुभारम्भ यात्रा निस्कने बताए ।
उक्त यात्रा चन्द्रनिगाहपुर चोक परिक्रमा गरेर महोत्सव स्थल तुलसीलाल आमात्य स्मृती रंगशाला पुगेर उदघाटन समारोहमा सरिक हुनेछ । बालउद्यान, टेन्ट, स्टल, स्टेज र लाईटका काम हरु लगभग सम्पन्न हुने अवस्थामा छन भने जम्मा ११५ स्टल मध्ये आधा जसो बुकिङ भइसकेका छन र अरु स्टलहरु बुकिङ प्रक्रिया रहेको जाकारी दिए ।
फाल्गुण ६ गते देखि संचालन हुने मेलामा एक सयको टिकेट गरेर प्रवेश गर्नुपर्ने प्रावधान राखिएको छ । त्यसरी खरिद गरिएको टिकेटमा एउटा भोट पनि संलग्न हुनेछ । महोत्सवमा स्टेज कार्यक्रममा सहभागी भएका स्थानीय नव प्रतिभा कलाकारहरुको प्रस्तुति हेरेर आफूलाई मन परेको कलाकारलाई छनौट गर्नको लागि उसको नाम लेखिएको बक्समा भोट हाल्न सकिन्छ । प्रत्येक दिनको भोट गिन्ती गरेर आयोजकले रेकर्ड राख्ने र समापनको दिन सबै भन्दा बढी भोट प्राप्त गर्ने ४ जनालाई पुरस्कृत गरिने छ ।
साथै सो टिकेटको अधकट्टी देखाएर बागमती इन्टरटेन्मेन्ट प्राली बागमती भरत तालको यसै महोत्सवमा रहेको स्टलबाट त्यहाँका लागि टिकेट खरिद गर्दा ५० प्रतिशत छुट हुनेछ भने फाल्गुण महिना भित्रमा भरत ताल पुगेर लिने टिकेटमा २५ प्रतिशत छुट हुने व्यवस्थापन मिलाइएको छ ।
सो महोत्सवलाई एन सेल, गोर्खा ब्रुअरी, जावलाखेल ग्रुप आर्थिक सहयोगका रुपमा रहेका छन भने सपोर्टमा होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेश रहेको छ ।
ईन्सुरेन्स पार्टनर नेको ईन्सुरेन्स, हस्पिलाटि पार्टनर होटल आरोही, होटल तराई ईन, जगत रिसोर्ट, गौतम होटल चपुर, होटल हिमालयन, होटल उदय प्लाजा, स्वास्थ्य साथी चन्द्रपुर अस्पताल प्रा. ली., सिभिल अस्पताल प्रा.ली. चन्द्रनिगाहपुर सामुदायिक अस्पताल, हाईवे ट्रमा सेन्टर, ईन्टरनेट पार्टनर वल्र्ड लिङ्क र सुबिसु, सुरक्षा साथी आर आर ईन्फोसि प्रा. ली., पर्यटन पार्टनर बागमती इन्टरटेन्मेन्ट प्रा. ली., बैंकिंग पार्टनर महालक्ष्मी विकास बैंक, प्रिन्टिङ पार्टनर आर्ट पोइन्ट र चांद फ्लेक्स प्रिन्ट रहेका छन भने रौतहटका सम्पूर्ण मीडियाहरु मीडिया पार्टनर रहने गरी नेपाल पत्रकार महासंघ रौतहटले सम्योजन गर्ने जिम्मेवारी तोकिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
चन्द्रपुर नगरपालिकाको संरक्षणमा चन्द्रनिगाहपुर सिटि जेसिज, लायन्स क्लब रौतहटको सहआयोजना साथै होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशको सपोर्टमा एवं मधेस प्रदेश सरकार उद्योग बाणिज्य तथा पर्यटन मन्त्रालयको मुख्य सहयोगमा २०८१ फाल्गुण ५ गते देखि १७ गते सम्म महोत्सव आयोजना हुने अध्यक्ष सापकोटाले बताए ।
महोत्सव अवधिभरि राष्ट्रिय अन्तराष्ट्रिय स्तरका कलाकारहरुको उत्कृष्ट प्रस्तुतीबाट महोत्सवमा सरिक हुने दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्ने छ । 
कलाकारहरुको प्रस्तुती हुने दिन र मिति
फाल्गुण ६ गतेः रमेश मेलोडी, रचना शिवाकोटी, अस्मिता कार्की, पुष्पा थापा, राजन चौधरी, रवि किसन यादव, श्री कृष्ण लुइटेल (बोके दारी) ।
फाल्गुण ७ गते ढाकाराम पौडेल, अस्मिता कार्की, पुष्पा थापा,  रुद्रसेन विश्वकर्मा, रचना शिवाकोटी, ज्योती मगर ।
फाल्गुण ८ गतेः ढाकाराम पौडेल, सरिता दानकुटी (भोजपुरी नायिका) प्रमोद जखमी (भोजपुरी गायक), समीक्षा अधिकारी ।
फाल्गुण ९ गतेः शोभा त्रिपाठी, सरिता दानाकुटी, बलराम सरकार (विश्व कीर्तिमानी जादुगर), कृष्ण काफ्ले ।
फाल्गुण १० गतेः शोभा त्रिपाठी, सुनिल पण्डित (भोजपुरी गायक), अन्जु सुनार मोडल, रचना रिमाल ।
फाल्गुण ११ गतेः शोभा त्रिपाठी, आदर्श मिश्र (कमेडियन), अन्जु सुनार, डिजराज पौडेल, एन्जिला रेग्मी ।
फाल्गुण १२ गतेः खबपु चञ्चल मगर (कमेडियन), जोशना दर्लामी मगर मोडल अनु चौधरी ।
फाल्गुण १३ गतेः मञ्जु पौडेल, ल्याङ्रे दादा कमेडियन मोडल, विश्व बराल मोडल, शिला गजुरेल मोडल, सूर्य राई दनुवार, प्रीति आले ।
फाल्गुण १४ गतेः मञ्जु पौडेल, जोशना दर्लामी मगर, कर्णराज गिरी, अमरेन्द्र यादव, कोमल ओली ।
फाल्गुण १५ गतेः सञ्जय देवकोटा, शिवशंकर रिजाल र सुरेन्द्र केसी (कमेडियन) पुष्पा थापा, मिस्टर डि (र्यापर) ।
फाल्गुण १६ गतेः सञ्जय देवकोटा, पुष्पा थापा, रविराज शाह, दुर्गेश थापा ।
फाल्गुण १७ गतेः. गण्डकी स्पेसल, एलिना चौहान,  सम्झना लामिछाने मगर ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।