ओम प्रकाश यादव
रौतहट, ३ फागुन । माधवनारायण नगरपालिकाको विशुनपुर्वा गाउँमा सपही माईको मन्दीय बनाउन एक समारोहका बीच नगरप्रमुख बैजनाथ यादवले शनिवार शिलान्यास गरेका छन् ।
माधवनारायण नगरपालिका वडा नम्वर ४ विशुनपुर्वा गाउँमा रहेका सपही माईको पक्कि मन्दीर बनाउन आयोजित कार्यक्रमका बीच आज नगरप्रमुख आधारशिला राख्दै शिलान्यास गरेका हुन् ।
एतिहासिक एवं पुरातात्विक महत्व बोकेको सो मन्दिरको नगरप्रमुख यादवले विधि विधान पूर्वक पूजा अर्चना गरे । एतिहासिक महत्व बोकेको र पर्यटकीय क्षेत्रलाई बढावा दिने उद्देश्यबाट नगरमा धार्मिक पर्यटनलाई बढाउन सकिने विश्वास उनले व्यक्त गरे ।
नगरपालिकाको १० लाखको लागतमा उक्त मन्दिर निर्माण हुन लागेको छ । अगामी असार मसान्त सम्म सपही माई मन्दिरको निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने माधवनारायण नगरपालिकाले जनाएका छन् । सपही माई मन्दीरको पक्कि भवनको शिलान्यास कार्यक्रमम नेपाली काँग्रेस मधेश प्रदेश प्रचार प्रसार विभाग प्रमुख नितेशकुमार गुप्ता लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन