समयमा पुल बन्न नसक्दा बासको लचकाकै भर सर्वसाधारणलाई

942 Shares

तराई टप संवाददाता
रौतहट, ५ मंसिर । रौतहट सदरमुकाम गौर र इशनाथ नगरपालिकालाई जोड्ने लाल बकैया नदीमा बाँसको चचरी (लचका) बाट जोखिम मोलेर वारीपारी गर्ने बाध्य छन् स्थानीय बासिन्दाहरु ।
विगत ८ बर्ष देखि निर्माणाधिन अवस्थामा रहेको पक्कि पुलको निर्माण कार्य ६० प्रतिशत पनि पुरा हुन सकेको छैनन । त्यती मात्रै नभई सम्बध निकाय वा निर्माण पक्षले वारीपारी गर्न समुचित रुपमा डाइभर्सनको निर्माण गर्नुपर्ने कार्यमा उदाशिन रहदा स्थानीय बासिहरु बासको लचका बनाएर जोखिम मोल्दै वारीपारी गर्न बाध्य रहेका हुन् ।
रौतहटको पश्चिमी र दक्षिणी भेगमा रहेको ईशनाथ, परोहा नगरपालिकाको वडाका सयौं बासिन्दाहरु दैनिक रुपमा सदरमुकाम गौर सम्म पुग्न सानो बाटोको रुपमा रहेको टिकुलिया घाटमा समयमा पुलको निर्माण नभएको, निर्माणाधिन अवस्थामा रहेको पुलका ठेक्केदार पक्षद्धारा डइभर्सन नबनाइदा बासको लचका भएर सयौं सर्वसाधारणहरु जोखिम मोलेर वारीपारी गर्ने गरेको इशनाथ औरैया निवासी शम्भु गुप्ताले गुनासो गरे ।
टिकुलिया घाटमा स्थानीय तहले नगरवासीलाई आवतजावत गर्न गराउन सजिलोपना होस भनी इशनाथको नगर प्रमुख संतोश मेहताको निर्देशनमा डाइभर्सन निर्माणकार्य हुन्थ्यो तर यस वर्ष भने नगर प्रमुख मेहताले कुनै चासो समेत नदेखाएको नगरवासीहरुको गुनासो छ । गौर बाट ईशनाथ नगरपालिका कार्यालयमा कर्मचारीलाई जान ५ किलो मिटर बाटो सडक खण्ड पर्ने लालबकैया नदिमा डाइभर्सन न बन्दा १७ किलो मिटरको घुमाउरो सडक भएर जानु पर्ने बाध्यता रहेको छ ।
स्थानीय तहले पनि बजेट विनियोजन गरेर डाइभर्सन बनाउने तर्फ यथोचित रुपमा पहल गर्नुपर्ने देखिन्छ । इशनाथ र गौर नपा दुवैको पहलमा सुरक्षित रुपमा खोला वारीपारी गर्ने व्यवस्थापन गर्नुपर्ने आवश्यक्ता देखिएको स्थानीयहरुले आवाज उठाएको छ ।
तत्कालिन प्रधानमन्त्री शुशिल कोइरालाले शिलान्यास गरेको पुल २०७४ सालमा पुरा गर्ने जिम्मेवारी सहित पप्पु कन्ट्रक्सनले ठेक्का लिए तर हाल सम्म पुलको ६० प्रतिशत पनि प्रगति हुन सकेको छैनन् । बर्षेणी स्थानीय बासिन्दाहरु जोखिमपूर्ण वारीपारी गर्दा ज्यान गुमाउदै आएपनि सम्बध निकाय उदाशिन रहेको गौर नपा ४ को वडाध्यक्ष भुनेश्वर शाहले बताए ।

सम्बन्धित समाचार