रौतहट, ४ फागनु । खुलेआम समाजिक संजालमा हातहतियारको प्रदर्शन गरेर आखिरकार जनमत पार्टीका नेताहरुले के दर्शाउन खोजेको हो भन्दै अहिले सवत्र प्रश्न उब्जिएको छ ।
हाम्रो मुलुकमा समाजिक संजालमा हातहतियारको खुलेआम प्रदर्शन (नुमाइस) गर्न कानुनले निषेध गरिएको छ तर यी जनमत पार्टीका नेताहरुले यसरी हतियारको प्रदर्शन गरेर के दर्शाउन खोजेको हो भन्ने सवत्र चर्चा परिचर्चा हुँदै प्रश्न उब्जिएको हो ।
जनमत पार्टीका रौतहट जिल्ला इन्चार्ज शेख जमसेदले आफनो समाजिक संजाल फेसबुकमा राखेको उक्त तस्वीरमा नेपाल सरकारको पूर्व खानेपानी मन्त्री एवं जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष अब्दुल खान र रौतहट इन्चार्ज शेख जमशेद बीचमा दुबै तिरबाट दुई जनाले हतियार बोकेको तस्वीर भाइरल बनेपछि यसप्रकारका प्रश्नहरु गरिदैछ । समाजिक संजालमा भाइरल भएको उक्त तस्बिरलाई लिएर व्यापक आलोचना भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले नेताहरूमाथि कानुनी कारबाहीको माग गर्दै ‘सर्वसाधारणलाई मात्रै कानुन लागु हुने, नेताहरु माथि नहुने ?’ भन्ने प्रश्न उठाइरहेका छन् ।
नेपालमा सार्वजनिक स्थान वा सामाजिक सञ्जालमा हातहतियार प्रदर्शन गर्नेलाई कानुनी कारबाही गरिने प्रावधान छ । तर, नेताहरूको हकमा यस्ता नियम नलाग्ने जस्तो देखिएको भन्दै आलोचना सवत्र भइरहेको छ ।
विवाद बढेपछि रौतहट जिल्ला इन्चार्ज शेख जमसेदले फेसबुकबाट तस्बिर हटाएका छन्, तर यस घटनाले कानुनी शासन र राजनीतिक नैतिकताको विषयलाई पुनः सतहमा ल्याएको छ । कानुन सबैका लागि समान लागू हुन्छ वा पहुँचवालाहरू उन्मुक्ति पाउँछन् भन्ने प्रश्न उठ्न थालेको छ ।
के भन्छन् जनमत जिल्ला इन्चार्ज शेख जमशैद
यस विषयमा जनमत पार्टीका जिल्ला इन्चार्ज शेख जमशेदले उपाध्यक्षजी शुक्रवार मेरो गौर नपा ६ स्थित घर आउनु भएका थिए । सोही क्रममा कुरा चल्दा चल्दै घरमा राखिएको इजाजत प्राप्त हतियार देखर कम्पाउण्ड भित्रै तस्वीर खिचाइएको स्वीकार्य गरे । मैले नजानेर शनिवार समाजिक संजाल फेसबुकमा राखेर गल्ति गरेको स्वीकार्दै तपाईहरु पनि सकारात्मक रुपमा लिइदिनु भनेर आग्रह गरे ।