रौतहटको वन क्षेत्रमा बाघ रहेको हुँदा वन क्षेत्रमा प्रवेश नगर्न वन कार्यालयको अनुरोध

   ४ कार्तिक २०७७, मंगलवार १४:५८  

रौतहट, ४ कार्तिक । रौतहट वन क्षेत्रमा बाघ सहितका जंगली जनावरहरु देखा परेको हुँदा वन क्षेत्रमा प्रवेश नगर्न डिभिजन वन कार्यालय चन्द्रपुरले सर्वसाधारण जनताहरु संग आग्रह गरेको छ ।
चन्द्रपुर नगरपालिकाको वडा नम्वर ३ र ४ मा पर्ने जंगलक्षेत्र, पुर्व पश्चिम राजमार्ग उत्तर लमाहा जंगल आसपासको क्षेत्रमा बाघ सहितको जंगली जनावरहरु देखिएको हुँदा विना इजाजत वन क्षेत्रमा प्रवेश नगर्न सर्वसाधारण जनताहरु संग वन कार्यालयले आग्रह गरेको हो ।
उक्त क्षेत्रमा बाघको ठुला ठुला पाइलाहरु देखीएको सामुदायिक वनका हेरालुहरुले जानकारी डिभिजन वन कार्यालयलार्य दिएको छ । ठुलो पोखरी उत्तर लमाहा जंगलको आसपास बाघ रहेको बताइएको छ । चन्द्रपुरको जनचाहाना सामुदायिक वन उपभोक्ता समुह र राष्टिय वनको सिमानामा पर्ने वनमा बाघ रहेको पाइएको छ । वनमा बाघ रहेकाले वन प्रवेश नगर्न डिभिजन बन कार्यालय चन्द्रपुरका प्रमुख वन अधिकृत विनोद सिंहले सवै लाइ आग्रह एवं सचेत गराएका छन् ।
रौतहट र वाराको सिमाना सीगौल आसपासको वन क्षेत्रमा समेत बाघले सोमवार मानिस माथि आक्रमण गरेको छ, बल्ल बल्ल ति मानिस जोगियो । गत असोज १४ गते बाघको आक्रमणबाट रौतहट चन्द्रपुर नपाका एक युवकको मृत्यु भएको र दुई जना घाईते भएका थिए ।
जंगली जनावर हात्ती, बाघ वन क्षेत्रमा ओहरदोहर गरिरहदा उक्त वन क्षोत्रमा प्रवेश गर्दा धेरै खतरा रहेको उनले भने । सतेरी वन क्षेत्रमा बाघहरु रहेको तथा पछिल्ला बर्षहरुमा यस जिल्लाको वन क्षेत्रमा जंगली जनावरहरुको सख्या बढेसगै जोखिम बढेकोले वनमा प्रवेश गर्न जोखिम रहेको र होसीयारी अपनाउन डिभिजन वन प्रमुख सिंहले जिल्लाबासी संग आग्रह गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै