माहुरीको टोकाईबाट बालबालिका महिला सहित १२ जना भन्दा बढि घाइते

328 Shares

रौतहट, ६ मंसिर । रौतहटको कटहरिया नगरपालिकामा माहुरीको टोकाइबाट बालबालिका महिला सहित १२ जना भन्दा बढि घाईते भएको छ ।
कटहरिया नगरपालिका ५ स्थित कटहरिया बजारमा सोमवार विहान माहुरीको एक समुहको टोकाईबाट स्थानीय राकेश गिरी, नवल साह, सोनेलाल साह, ओमप्रकाश साह, पवन साह, शिवशंकर साह, पारस साह, ३ जना बालबालिका र एकजना महिला गरी १२ जना भन्दा बढी मानिस घाइते भएको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको हो । घाइतेहरु मध्ये केहिको अवस्था गम्भीर अवस्था रहदा निजी तथा प्राथमिक स्वास्थ केन्द्र कटहरिया उपचार भईरहेको इप्रका कटहरियाका प्रहरी नायव निरीक्षक विरेन्द्र यादवले जानकारी दिए । कटहरिया ५ स्थित कटहरिया एफएमको पुर्वपटी एउटा गोठमा ती युवाहरु बसेर मनोरञ्जन गरिरहेका थिए । गोठको पुर्वपटी सिमलको रुखमा रहेको महुरिको घारमा एउटा चरा ठोक्एिपछि आक्रोशित माहुरीहरु एकैपटक हजारौंको संख्यामा उनिहरुमाथी आक्रमण गर्न पुगेको पिडितहरु मध्येको राकेश गिरीले बताए ।
माहुरीको टोकाई बाट बांच्न कोहि हिलो तिर भागे कोही आफूलाई सुरक्षित राख्न हरेक उपाय गर्दा तैपनि माहुरीले छाडेनन । एकजना लाई हजारौं माहुरिहरुले टाउको देखि पुरै शरीरभरी टोक्दा मानिस अचेत भएकाले उनलाई गाउँले उपचारको लागि अस्पताल पुर्याएरको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार