नेपालको वित्तीय संघीयताका लागि तोकिएको २० मिलियन र जैविक विविधताका लागि तोकिएको १९ मिलियन अमेरिकी डलर सहायता रोकियो
अमेरिकाले नेपाललाई दिने साढे पाँच अर्ब रुपैयाँ अनुदान रद्द गरेको छ ।
नेपालको वित्तीय संघीयता र जैविक विविधताको क्षेत्रका लागि दिइएको ३९ मिलियन अमेरिकी डलर ९पाँच अर्ब ४० करोड ६१ लाख रुपैयाँ०बराबरको अनुदान रद्द गरेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कको नेतृत्वमा गठन गरेको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ले सूचना जारी गर्दै नेपालसहितका मुलुकलाई दिइँदै आएको सहयोग रद्द गरेको हो । ‘अमेरिकी करदाताको डलर खर्चका लागि बाहिर जाने थियो, त्यसलाई तत्काल लागू हुने गरी रद्द गरिएको छ,’ विभागले सामाजिक सञ्जाल एक्समा लेखेको छ । यसैअनुसार नेपालको वित्तीय संघीयताको २० र जैविक विविधताका लागि तोकिएको १९ मिलियन अमेरिकी डलर सहायता रद्द गरिएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कको नेतृत्वमा गठन गरेको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ले सूचना जारी गर्दै नेपालसहितका मुलुकलाई दिइँदै आएको सहयोग रद्द गरेको हो ।
अर्थ मन्त्रालयले यसबारे आधिकारिक प्रतिक्रिया दिएको छैन । अर्थका उच्च अधिकारीले युएसएडको अनुदान स्थगनपछि अन्य सहायता रोकिएको विषयमा औपचारिक जानकारी आइनसकेको बताए । यद्यपि, अन्य सहायता पनि स्थगन हुने अनौपचारिक जानकारी प्राप्त भएको उनीहरूले बताए । ‘युएसआइडीको सहायता स्थगन छ र अन्य दुई सहायता पनि रोकिएको भन्ने आएको छ । तर, औपचारिक रूपमा अहिले केही भन्न सकिँदैन,’ एक उच्च अधिकारीले भने ।
अमेरिकाले युएसआइडी सहायतामार्फत उपलब्ध गराउँदै आएको अनुदान ९० दिनका लागि यसअघि नै निलम्बन गरिसकेको छ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पले पद सम्हालेलगत्तै सबै किसिमका वैदेशिक अनुदान ९० दिनसम्म निलम्बन गर्ने कार्यकारी आदेश जारी गरेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन