मधेश प्रदेशमा नेपाली काँग्रेस महिला नेतृत्वको अवस्था, अवसर र चुनौती विषयक अन्तक्रिया

0 Shares
जनकपुरधाम, ६ फागुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं महिला विभाग प्रमुख पुष्पा भुसालले नेपाली काँग्रेस जनप्रिय पार्टी रहेको हुँदा नेताहरु पनि जनप्रिय बन्नु पर्ने बताए ।
नेपाली काँग्रेस मधेश प्रदेश कार्यालय जनकपुरधाममा मंगलवार आयोजित महिला नेतृत्व, अवस्था, अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य एवं महिला विभाग प्रमुख भुसालले उक्त कुरा बताएकी हुन् ।
नेपालको संविधान र नेपाली काँग्रेसको विधानले प्रदत्त गरेको महिलाहरुको पहिचान र अधिकारलाई अन्य दल भन्दा फरक ढंगबाट विष्लेशन गरेर नेतृत्व गर्ने नेताहरुको भुमिका दरो हुनुपर्नेमा जोड दिइन् । क्रान्तिको भुमि मधेश प्रदेश रहेको हुँदा जबजब नेपालमा संटक पर्दछ तब तब मधेशका महिलाहरु पनि पुरुषको काँधमा काँध मिलाएर आफनो दरो भुमिका निर्वाह गर्दै आएको हुँदा महिला नेतृत्वलाई अवसर प्रदान गरिएमा संगठन बलियो हुने विश्वास व्यक्त गरिन् ।
केन्द्रीय महिला विभागले सात वटै प्रदेशमा यस्ता कार्यक्रम गर्न लागिएको स्पष्ट पार्दै महिला विभाग प्रमुख भुसालले हामीले प्राप्त गरेको हक र अधिकारलाई नेपाली काँग्रेसले कति दियो त्यसको विश्लेशन गर्नुपर्ने एउटा महत्वपूर्ण अवसरको रुपमा मैंले लिएको छु । यो महिलाको मात्रै नभई समग्र पार्टीको कार्यक्रम हो । आम महिलालाई अगाडी बढाउनका लागि नेपाली काँग्रेसको नेतृत्व वर्गले सोच्नु पर्छ । जनताको विषय बस्तुलाई सहि समयमा उठाएर समाधान गराउनुपर्ने बताए ।
नेपाली काँग्रेसले क्रान्ति गर्दाखेरी मधेश प्रदेशको विरगञ्जबाट सुरु गरिएको हुँदा मधेश प्रदेशको भुमिका अविष्मर्णीय रहेको चर्चा गर्दै मधेशका महिलाहरु प्रजातन्त्र र लोकतन्त्रका लागि आहुती दिएका थिए । काँग्रेसले अवसर र मान्यता दियो । बाराको नेता शुबर्ण शम्शेरको तस्वीर राखेर अर्घाखाँचीबाट जिताउने हामी काँग्रेसका नेताहरु विचारलाई जिवन्त राख्दै संगठनलाई बलियो बनाउनुपर्नेमा जोड दिइन् ।
साँसद बन्छु, मन्त्रि बन्छु, प्रधानमन्त्री बन्छु भनेर आन्दोलन गरेको होइन, विकास समृद्धि र लोकतन्त्रको लागि आन्दोलन गरेका थिए । लोकतान्त्रिक मूल्य मान्यताका लागि हामी संगठनलाई बलियो बनाउनुपर्ने जिकिर गरिन् ।
अब नेपाली काँग्रेसको काँधमा देशको जिम्मेवारी ल्याएर लोकतन्त्रको जगलाई बलियो बनाउनु पर्ने जिकिर गरिन् ।
सो कार्यक्रमका प्रमुख अतिथिको रुपमा नेपाली काँग्रेसका वरिष्ठ नेता एवं पूर्व मन्त्री विमलेन्द्र निधी, महेन्द्र यादव, प्रचार प्रसार विभाग प्रमुख नितशकुमार गुप्ता सहितका नेताहरुको उपस्थिति रहेको थियो ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।