zoom app coding zoom join a meeting download free zoom for school download zoom conference download zoom meeting download windows 10 pc 64 bits

मोटरसाइकल दुर्घटनामा परेर १ को मृत्यु

   ७ मंसिर २०७८, मंगलवार १४:४४  

तराई टप संवाददाता
रौतहट, ७ मंसिर । गौर चन्द्रपुर सडकखण्डको बैजनाथपुर चौकमा २ मोटरसाइकल एकआपसमा ठोकिंदा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
सोमवार मध्य राति १२.५० बजेको समयमा चन्द्रपुर नपाको बैजनाथपुर चौकमा ना ५३ प ६११२ र बिपरित दिशाबाट आईरहेको ना४३ प ६२४३ नम्बरको मोटरसाइकल एक आपसमा ठिकिएर दुर्घटना हुँदा चन्द्रपुर ९ का महादेव साह कानुको २५ बर्षिय छोरा रामाशंकर साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएका हुन् ।
अत्याधिक गतिमा गुडिरहेको मोटरसाइकल एकआपसमा ठोक्किदा एकजना चालकसाहको घटना स्थलमै मृत्यु भएको इप्रका चन्द्रपुरको डिएसपी लिलाराज लामिछानेले जानकारी दिए । दुर्घटनामा अर्का चालक गुजरा ९ का मनोज चौधरी र मोटरसाइकलको पछाडि बसिरहेकी बृन्दाबन ७ कि कान्ति देवि चौधरी गम्भीर घाइते भएकी छिन । उनिहरुलाई रातिनै एम्बुलेन्स बाट उपचारको लागि बिरगंज पठाईएको तथा दुबै मोटरसाइकल नियन्त्रणमा लिएर घटना बारे अनुसंधान गरिरहेको प्रहरीले जनाएको छ ।
यसैबीच मंगलवार बिहान ५ बजेको समयमा एउटा नम्बर नखुलेको एम्बुलेन्सले बल्चनपुर चौकमा एकजना पैदल यात्रुलाई ठक्कर दिएर भागेको छ । एम्बुलेन्सको ठक्करबाट पैदल यात्रीको खुट्टा भांचेपछी स्थानीयले गौर चन्द्रपुर सडकखण्डको बाल्चनपुर चौकमा केहिबेर चक्काजाम समेत गरेको थियो ।
घाइते लाई उपचारको लागि चन्द्रपुर अस्पतालमा पठाएर बाटो खुलाएको तथा ठक्कर दिएर भग्ने एम्बुलेन्सको खोजी भैरहेको ईलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै