काठमाडौं, ६ फागुन । आम जनता पार्टी (आजपा) का राष्ट्रिय अध्यक्ष प्रभु साहले पुरातात्विक पतौरा महादेव मन्दीरमा हुने धार्मिक, साँस्कृति, पर्यटकीय महत्वलाई बढावा दिने उद्देश्यबाट हुने मधानी महायज्ञ महोत्सवलाई सरकारले ध्यान नदिएको गुनासो गरे ।
प्रतिनिधि सभाको मंगलवार बसेको बैठकमा बोल्दै आजपा अध्यक्ष साहले रौतहटको मौलापुरको पतौरा स्थित प्रत्येक बर्ष भगवान शिव पार्वतीकोको विवाह उत्सवको रुपमा मनाईने मधानी महायज्ञमा यस अघि सरकारले ध्यान दिएको तर अहिलको सरकार ध्यान नदिएको गुनासो गरेका हुन् ।
‘भगवान शिव र पार्वतीको विवाह उत्सवको रुपमा मनाईने मधानी महायज्ञमा नेपाल र भारतका लाखौं दर्शनार्थीहरुको भिड हुने गर्छ । साधुसन्त, कलाकार सहित प्राचिक दंगल कार्यक्रममा लाखौंको सहभागिता हुनेगरेको छ’, साहले भने, ‘विगतका सरकारले त्यहाँ आफ्नो उपस्थिति देखाउँथ्यो । सडक मर्मत गथ्र्यो । खानेपानीको व्यवस्था गथ्र्यो, टेलिकमको उपस्थिति हुन्थ्यो, स्वास्थ्यको रेखदेख हुन्थ्यो । तर यसपालि सरकारको कुनै प्रकारको उपस्थिति देखिएन, सरकारको चासो देखिएन् उनले सदनमा आवाज उठाए ।’ नेपाल र भारतको सम्बन्ध जोडने मधानी महोसत्वमा सरकारले चासो नदिएको भन्दै स्थानीयले गुनासो गरिरहेको उनले भने । नेपाल र भारतका लाखौं लाख भक्तजनहरुको साझा स्थल रहेको मधानी महायज्ञमा सरकारले किन चासो दिएन भन्ने स्थानीय प्रश्न उठाईरहेको उनले बताए । मधानी महोत्सवमा शान्ति सुरक्षाको प्रवन्ध सहित सरकारले आफ्नो भूमिका देखाओस् भन्दै साहले सरकारको ध्यानाकर्षण गराए ।
‘पुरातात्वि महादेव मन्दिर नेपालमै पर्छ, सभामुख महोदय । यदी नेपालमै पर्छ भने नेपाल सरकारको पनि दायित्वमा पर्नुपर्ने हो । किनकी पुरातात्विक सम्पदा केन्द्र सरकारकै मातहतमा रहेको छ । अझै त्यहाँको उत्खनन पुरा भएको छैन्, अधुरै उत्खनन छोडेर सरकार भाग्न मिल्दैन’, साहले भने, ‘उत्खननको अवस्था के छ ? सरकारले सार्वजनिक गर्नुपर्छ । किनकि ति उत्खननका सम्पदाहरु नष्ट भईरहेका छन् ।’ अहिले जतिपनि उत्खनन भईरहेका छन् त्यस मध्ये पतौराको सबैभन्दा पुरानो भएको बताउदै उनले गुप्तकालिन ति सम्पदाको संरक्षण, प्रवद्र्धन गर्ने जिम्मेवारी सरकारको भएको तर सरकारले हेलचेक्रयाई गरिरहेकोमा उनले दुख व्यक्त गरे ।