नेपाल प्रेस युनियन प्रदेश अध्यक्ष सत्यप्रकाश श्रेष्ठ सहित ६ जनालाई कारवाहीको सिफारिस

0 Shares

कलैया, ६ फागुन । नेपाल पत्रकार महासंघको निर्वाचनमा आफनै अध्यक्षलाई घात गरेको आरोप लगाउदै नेपाल प्रेस युनियन वारा शाखाले प्रदेश अध्यक्ष सहित ६ जनालाई कारवाही गर्न केन्द्रीय कार्यालय समक्ष सिफारिस गरेका छन् ।
मंसीर २८ गते सम्पन्न भएको नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्ला निर्वाचनमा आफ्नै संगठनका जिल्ला अध्यक्ष विरुद्ध मोर्चाबन्दी गरेको भन्दै नेपाल प्रेस युनियन बारा शाखाले नेपाल प्रेस युनियन मधेश प्रदेश अध्यक्ष सत्य प्रकास श्रेष्ठ सहित ६ जनालाई कारवाहीको लागि सिफारिस गरेका हुन् ।
युनियन बाराका अध्यक्ष श्यामबाबु यादवले नेपाल प्रेस युनियन केन्द्रिय कार्य समिति तथा अनुशासन समितिमा मंगलबार उनीहरु उपर कारवाहीका लागि नेपाल प्रेस युनियन केन्द्रिय अनुशासन समिति, काठमाण्डौमा सिफारीस पठाइएका छन् ।
युनियन बाराले महासंघको निर्वाचनमा आफ्नौ नेतृत्व हराउन विपक्षीसंग मोर्चाबन्दी गरेको आरोपमा युनियनका प्रदेश अध्यक्ष श्रेष्ठ सहित सिकेन्द्र पासवान, राकेश पाण्डेय, साजिर मंसुर, प्रियंका दास र उमेश दुबेलाई कारवाहीको सिफारिस गरेको एक जना पदाधिकारीले तराई टप अनलाईनलाई बताए ।
कारवाहीको सिफारिसमा परेका मध्ये सिकेन्द्र पासवान हाल नेपाल पत्रकार महासंघमा दलित कोटाबाट निर्वाचित भएको छ । अर्का राकेश पाण्डे स्थायी शिक्षक हुन । उनी यसअघि नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष बनेका थिए । शिक्षक पत्रकार पाण्डे पत्रकार महासंघको सदस्यता सुद्धिकरणमा नाम काटिएपनि निर्वाचनको मुखमा पुन सदस्यता केन्द्रले कायम गरेको थियो ।
प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियन बीच पद बाँडफाँडमा समेत कुनै मतभेद नभई टुङ्गिएको अवस्थामा नेपाल प्रेस युनियनकै साथीहरुबाट आफ्नै संगठनका उम्मेदवारलाई हराउने काम भएको युनियन बाराले ठहर गर्दै उनीहरुकै कारण संगठनका अध्यक्षको हार भएको जिकिर गरे ।
समाजवादी नेपालका उम्मेदवारको पक्षमा भोट माग्ने, संगठन बाहिरका विद्रोही उम्मेदवारका पक्षमा खुलेर मत माग्ने जस्ता गतिविधि गरेका जिल्लाका ६ जनालाई स्पष्टिकरण सोधिएको समेत सिफारिस पत्रमा उल्लेख छ ।
आवश्यक कारवाहीका लागि जिल्ला कार्यसमिति बाराको मिति २०८१ फाल्गुन २ गते बसेको जिल्ला कार्यसमितिको निर्णय अनुसार कारवाहीको लागि सिफारीस गरिएको जनाइएको छ ।
बैठकबाट निर्णय भए अनुरुप नियमानुसार कारवाहीका लागि सिफारिस गर्दछु भनेर जिल्ला अध्यक्ष श्यामबावु यादवले सिफारीस पत्र केन्द्रलाई पठाइएको ति श्रोतले बतायो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।