zoom audio not working on laptop windows 10 zoom software download for pc zoom app for pc online classes zoom r16 download zoom cloud meeting app download for windows 10 - zoom cloud meeting app download for windows 10 download zoom software for windows zoom meeting join id

विजय यादव विजयपुरको अध्यक्षमा सर्वसहमतीबाट विजयी

   ७ मंसिर २०७८, मंगलवार १४:५०  

तराई टप संवाददाता
रौतहट, ७ मंसिर । एमालेको प्रथम नगर अधिवेशनबाट विजय यादवको अध्यक्षता ५१ सदस्यीय फतुवा विजयपुर नगर समिति सर्वसहमतीमा चयन भएको छ ।
फतुवा विजयपुरमा सम्पन्न भएको प्रथम नगर अधिवेशनबाट यादवको अध्यक्षतामा गठन भएको नगर समितिको उपाध्यक्षमा शेर बहादुर पटेल, सचिवमा उमाकान्त दाहाल, सहसचिवमा सन्जु देवि साहलाई चयन गरिएको हो ।
नगर कमिटीमा थप २० जनालाई बैठकले मनोनयन गर्ने नव निर्वाचित अध्यक्ष यादवले जानकारी दिए । आउन लागेको निर्वाचन लाई मध्यनजर गर्दै तथा समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना साकार गर्न नगरको समग्र विकासको लागि नगर कमिटीमा सबै जातजाति तथा युवा पुस्तालाई बिशेष ग्राहता दिएको अध्यक्ष यादवले स्पष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै