सर्लाही, ७ फागुन । सर्लाहीको पर्सा गाउँपालिकाको मङराहा पोखरी स्थित हुलाकी सडकबाट प्रहरीले लागुऔषध सहित दुई जना मानिसलाई पक्राउ गरेको छ ।
सर्लाही प्रहरीद्धारा जारी गरिएको प्रेस नोटमा पर्सा गाउँपालिका वडा नम्वर ६ मङराहा पोखरी स्थित हुलाकी सडकमा प्रहरी चौकी पर्साबाट खटिएका चेकजाँच टोलीले भारतबाट नेपाल तर्फ आउदै गर्दा ना.४२ प. ४२७० नम्वरको मोटरसाइकलमा आउदै गरेका दुई जना व्यक्तिले प्रतिबन्धित लागुऔषध सहित पक्राउ गरिएको हो ।
सर्लाही लालबन्दी ११ का २६ बर्षीय मुकेश यादव र सोही मोटरसाइकलमा पछाडी सवार १९ बर्षीय संजिव महतो सवार मोटरसाइकलमा ओनेरेक्स–१०० एमएलको १७० बोटल र आरजेई–एससिइएन–१०० एमएलको २४ बोटस सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएका छन् ।
लागुऔषध सहित पक्राउ गरिएका दुबै जनालाई सर्लाही जिल्ला अदालतबाट थुनामा राखी अनुसन्धान गर्नका लागि १० दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट बुझिएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन