मुख्यमन्त्री सिँह एक्सनमा, वीरगन्जका दुई क्यासिनोमा छड्के अनुगमन

0 Shares
वीरगञ्ज, ७ फागुन । मधेश प्रदेशका मुखिया एवं मुख्यमन्त्री सतिशकुमार सिंह अहिले नागरिकको सुरक्षालाई लिएर एक्सनमा उत्रिएका छन् ।
मधेश प्रदेशका मुख्यमन्त्री सिंहले पर्सा सदरमुकाम वीरगन्ज महानगरपालिकाको आदर्शनगर स्थित लर्डस् दियालोको किङ्स क्यासिनो र होटल सुरजको क्यासिनो अनुगमन गरेका हुन् ।
क्यासिनोमा नेपाली नागरिकहरूले समेत जुवातास खेलेर गम्भीर सामाजिक, आर्थिक र मनोवैज्ञानिक संकटमा परिरहेका र पछिल्लोपटक एक नेपालीले ४० लाख रुपैयाँ गुमाएको खबर पाएपछि मुख्यमन्त्री सिँहले बुधबार ती क्यासिनो अनुगमन गरे ।
अनुगमनक्रममा होटल सुरजको क्यासिनोबाट जुवा खेलिरहेका एक नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएको ती नेपाली नागरिकलाई प्रहरीको जिम्मा लगाइएको छ । विदेशी पर्यटकलाई लक्षित गरी सञ्चालन अनुमति पाएका क्यासिनोमा जुवा खेल्न र क्यासिनो स्थलमा नेपाली नागरिकको प्रवेश कानुनी रूपमै वर्जित रहेको छ ।
क्यासिनोमा प्रवेश गर्नेहरूको अभिलेख व्यवस्थापन रीतपूर्वक भएको नदेखिए पछि मुख्यमन्त्री सिँहले ती दुवै क्यासिनो व्यवस्थापनलाई एक महिनायता प्रवेश गरेकाहरुको परिचयपत्र सहितको प्रविष्टी सूची र एक साताको सिसिटिभी फुटेज, कर्मचारीको विवरण लगायतका कागजात लिएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आउन निर्देशन दिए ।
अनुगमनपछि पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री सिँहले बुधबार वीरगन्जमा अस्पताल अनुगमन गर्न आएका बेला क्यासिनोका कारण एक नेपालीले ४० लाख रुपैयाँ भन्दा बढी रकम गुमाएको सूचना प्राप्त भएपछि क्यासिनो अनुगमन गरिएको बताए  ।
उनले सुरक्षा लगायतका दृष्टिले क्यासिनो अत्यन्त संवेदनशील ठाउँ भए पनि तिनको व्यवस्थापकीय पक्ष सन्तोषजनक नभएको बताए ।  मुख्यमन्त्री सिँहले क्यासिनोबाट प्राप्त हुने दस्ताबेजको अध्ययन तथा विश्लेषणका आधारमा थप कारबाही अघि बढाइने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।