एसएसबीको कुटाईका कारण तिव्र गतिमा बाइक चलाउदा अनियन्त्रित भई लडेपछि युवकलाई खुट्टा गुमाउनु परेको पीडा

0 Shares
एके सिंह
बलरा (सर्लाही), ९ फागुन । सर्लाहीको बलरा नगरपालिका घर भएका एक युवकको खुट्टा काटिनुपर्ने दोष यति मात्रै थिए जुन सीमावर्ती भारतीय बजार बसविट्टाबाट सामान लिएर आउदै थियो ।
सर्लाहीको बलरा नगरपालिका वडा नम्वर ३ बस्ने महेन्द्र रायको १८ बर्षिय छोरा गोलु राय गत फागुन ७ गते ११.३० बजेको समयमा बसविट्टा बजारबाट घरायसी सामान चिनी चामल लिएर आउने क्रममा सीमामा तैनाथ एसएसबीले चेकजाँच गर्न रोक्न खोज्दा नरोकेपछि लौरोले हिर्काए ।
एसएसबीले लखेदै नेपाली भुमिमा प्रवेश गरे, सोही क्रममा ति युवक मोटरसाइकल सहित लडे, मोटरसाइकल खुट्टामै खसेर भाँचिएको खेतमा काम गरिरहेका स्थानीय नागेन्द्र रामले बताए ।
“नागेन्द्रले एसएसबीलाई भने तपाईको कुटाईबाट लडेर खुट्टा पनि भाँचियो पुनः कुन कुटिरहनु भएको छ भन्दा अन्य मानिसहरु भेलाहुन थालेपछि एसएसबी त्यहाँबाट भागेको प्रत्यक्षदर्शी रामले बताए ”।
तत्कालै गोलुलाई उपचारको लागि निजका परिवारजनले उपचारको लागि वीरगञ्ज लगे तर त्यहाँबाट निको नहुने सम्भावना व्यक्त गरेपछि थप उपचारको लागि संघिय राजधानीको ललितपुर स्थित वि एण्ड वि अस्पतालमा लगियो । त्यहाँ परिक्षण गर्दा भास्कुलर नसा च्यापिएर अवस्था गम्भीर रहेको र निको पार्न दाहिने खुट्टा काट्नै पर्ने बताएपछि परिवारजनले कठोर निर्णय लिएपछि गएराति युवकको खुट्टा काटिएको महेन्द्रले बताए ।
उनी भन्छन्, मेरो छोराको दोष यति मात्रै हो घरमा पुजा र भोजभतेर गर्नुपर्ने भएको हुँदा सीमावर्ती बजार नै हाम्रो प्रमुख बजारको रुपमा रहेको हुँदा छोरा गोलु विआर ३० टी ९५५३ नम्वरको मोटरसाइकलबाट चिनी र चामल ल्याउदै गरेको अवस्थामा रोक्न खोज्दा नरुकी भाग्न थालेपछि उक्त घटना घई अहिले खुट्टा गुमाउनु परेको आक्रोश व्यक्त गरे ।
यस बिषयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले घटना भएको स्थानीय युनिटबाट खवर प्राप्त भएको छ, तर घटनास्थलमा प्रहरी जानु अघि नै युवकलाई उपचारको लागि वीरगञ्ज हुँदै संघिय राजधानीको ललितपुर स्थित वि एण्ड वि मा गएराति खुट्टा काटिएको थाहा पाएको बताए । यस विषयमा हामी गम्भीर भएर आवश्यक अनुसन्धान गरिरहेको स्पष्ट पारे ।
यस बिषयमा एसएसबीको २० बी बटालियन काण्डेन्टलाई तराई टपले सम्पर्क गर्दा दुई दिन अघि एक युवकलाई रोक्न खोज्दा अत्याधिक गतिमा भागेको र करिव दशगज्जा क्षेत्र भन्दा ३ सय मिटर भित्र नेपाली भुमिमा लडेका थिए । तर एसएसबीले कुटेर नलडाएको श्रोतबाट बुझिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।