मौलापुर सामुदायिक रेडियो संचालनमा

   ७ मंसिर २०७८, मंगलवार १५:००  

तराई टप संवाददाता
मौलापुर (रौतहट), ७ मंसिर । मौलापुर नगरपालिकाले सामुदायिक रेडियो संचालनमा ल्याएको छ ।
रौतहटको मौलापुर नगरपालिकाको पहलमा मौलापुर एफ एम १०० थोप्लो ७ मेगाहर्ज नामक सामुदायिक रेडियो संचालनमा ल्याई नगरवासीलाई नगरपालिकाबाट भईरहेको सेवा सुविधा प्रवाह सम्बन्धी सुचनाहरुको जानकारी गराउदै आउने भएको हो । मौलापुर नगरपालिकाको वडा नम्वर ५ को कार्यालय भबन माथि संचालनमा आएको सामुदायिक रेडियोको मेयर रिना कुमारी साहले बिधिवतरुपमा सोमबार एक कार्यक्रमको विच उदघाटन गरेपछि संचालनमा आएका छन् । रेडियो उदघाटन गर्दै कृषि र स्वास्थ्य संग सम्बन्धि कार्यक्रमलाई बढी जोड दिदै समाज विगार्ने खालको गितहरु नबजाउन समेत निर्देशन दिइन ।
उक्त अबसरमा मौलापुर नगरपालिका का उपमेयर गौरी शंकर जयसवाल प्रमुख प्रसासकिय अधिकृत रामबाबु साह , बडा अध्यक्ष बहिदार राउत कुर्मी, चन्देश्वर बैठाले रेडियो को प्रगती को कामना गरेका थिए । मौलापुर एफ एम का उपाध्यक्ष अमर साहले रेडियोबाट स्थानीय न्युज प्रसारण गर्नुका साथै निकट भबिष्यमा मौलापुर टेलिभिजन पनि संचालनमा ल्याउने योजना रहेको स्पष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै