शिक्षा नियमावलीलाई धोती लगाउदै शिक्षक नियुक्ति गरेको रहस्य खुल्यो

   ९ मंसिर २०७८, बिहीबार १४:१९  

तराई टप संवाददाता
रौतहट, ९ मंसिर । रौतहटको इशनाथ नगरपालिकाको जोकहा घिउरा स्थित रहेको विश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय चार बर्ष अघि शिक्षा नियमावली विरुद्ध एक जना शिक्षकलाई करारमा नियुक्ति गरेको रहस्य खुलेको छ ।
शिक्षा नियमावली अनुसार शिक्षक नियुक्त गर्दा बढीमा नियुक्त हुने उम्मेदवारको उमेर हद ४० बर्ष मुनि हुनुपर्नेमा ४२ बर्ष उमेर भएको रौतहटको परोहा नगरपालिका ५ बसन्तपटीका धर्मनाथ प्रसाद पटेललाई नियुक्ति तत्कालिन प्रधानाध्यापकले दिएको रहस्य खुलेको हो ।
पत्र संख्या २०७४÷०७५ चलानी नम्वर ११७÷२०७४ को मिति २०७४÷४÷१५ गते को पत्र अनुसार तत्कालिन बसन्तपटी गाविस ६, हाल परोहा नपा ५ बस्ने धर्मनाथ प्रसाद पटेललाई शिक्षक छनौट समितिको सिफारिसमा विद्यालय व्यवस्थापन समितिले २०७४÷४÷१२ गतेको निर्णय अनुसार विश्वेश्वर प्रसाद कोइराला आदर्श माविमा रिक्त रहेको उमावी (माध्यमिक शिक्षक दुतिय) अनुदान कोटामा अंग्रेजी शिक्षकको पदमा सोही दिन देखि लागु हुने गरी नेपाल सरकारको प्रचलित अनुसारको तलव भत्ता खाने गरी बढीमा एक बर्षको लागि करार शिक्षकमा नियुक्त गरियो । तर नियुक्त भएको मितिमा पटेलको नागरिकताबाट ४२ बर्ष उमेरमा शिक्षक छनौट समितिले कसरी कुन नियमकानुनको प्रयोग गरेर पटेललाई नियुक्त गरियो रहस्यको विषय बनेको छ ।

शिक्षा नियमावली अनुसार शिक्षक नियुक्त गर्दा बढीमा नियुक्त हुने उम्मेदवारको उमेर हद ४० बर्ष मुनि हुनुपर्नेमा ४२ बर्ष उमेर भएको रौतहटको परोहा नगरपालिका ५ बसन्तपटीका धर्मनाथ प्रसाद पटेललाई नियुक्ति तत्कालिन प्रधानाध्यापकले दिएको रहस्य खुलेको हो ।


पटेलले जिल्ला प्रशासन कार्यालय रौतहटबाट बंशजको हकमा प्राप्त गरेको नागरिकतामा जन्म मिति २०३२ साल बैशाख २२ गते रहेको स्पष्ट रुपमा उल्लेख भएपनि शिक्षा नियमावली अनुसार ४० बर्ष उमेर पार गरेका कुनैपनि नेपाली नागरिकलाई शिक्षक बन्न योग्य मान्दैनन तर जानी जानी तत्कालिन प्रधानाध्यापक प्रेमानान्द प्रसादले नियुक्ति पत्र दिएको देखिन्छ । २०७४ सा साउन महिनामा दिइएको नियुक्त पत्र अनुसार बढीमा एक बर्ष समय तोकिए तापनि निज हाल सम्म गैर कानुनी रुपमा विद्यालयमा काम गर्दैै तलव भत्ता खादै आएको प्रति स्थानीयहरुले प्रश्न चिन्ह खडा गरेका छन् ।
नियमकानुन विपरित विगत ४ बर्ष भन्दा बढि समय देखि कार्यरत रहेका शिक्षक पटेललाई शिक्षक छनौट समितिद्धारा शिक्षक नियुक्तिका लागि सिफारिस गर्ने र नियुक्ति दिने तत्कालिन प्रधानाध्यापक प्रेमानन्द प्रसाद विरुद्ध आवश्यक अनुसन्धान गरिनुपर्ने देखिन्छ सोही विद्यालयको एक जना शिक्षकले आफनो नाम नछाप्ने शर्तमा बताए ।
अंग्रेजी विषयका शिक्षक पटेल संग यसबारेमा बुझ्दा शिक्षक छनौट समितिले कुन आधारमा गर्यो मलाई थाहा नभएको आफूलाई नियुक्त गर्दा समय देखि हाल सम्म विद्यालयमा कार्यरत रहदै आएको बताए । नियमकानुन आफूलाई थाहा नभएको आफू मात्रै विपी कोइरालाई आदर्श माविको शिक्षक रहेको जवाफ दिए ।
यस विषयमा विपी कोइराला आदर्श मावीको प्रधानाध्यापक राकेश ठाकुरले आफू भन्दा अगाडीको प्रअले नियुक्ति दिएको हुँदा त्यस विषयमा केही थाहा नभएको बताए । अन्य कुरा अनुसन्धानको विषय बस्तु भएको हुनाले सम्बन्धित निकायले छानविन गरी दोषि पत्ता लगाउने छ । आफूले त्यस विषयमा केही बोल्न नसकिने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै