तराई टप संवाददाता
काठमाडौं, ९ मंसिर । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिबाट साँसद प्रदीप यादवलाई आउट गर्दै मेयर विजयसरावगीलाई इन गराएको छ ।
विगत चार दिन देखि काठमाडौंमा जारी रहेको जसपा नेपालको कार्यकारिणी समितिको बैठकबाट मन्त्री नबनाउदा पार्टीको हित विपरित काम गर्दै बदनाम गराउने कार्य गरेको आरोप लगाउदै पर्सा निर्वाचन क्षेत्र नम्वर १ बाट निर्वाचित भएका साँसद प्रदीप यादवलाई केन्द्रीय कमिटीबाट निष्काशन गर्ने निर्णय गरिएको हो ।
पार्टीको हित बिपरित कार्यमा संलग्न रहेको पाइएकोले यादवलाई केन्द्रीय सदस्यबाट निष्काशन गरेको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश अधिकारीले जानकारी दिए । सांसद यादवलाई अहिले पार्टीको केन्द्रीय सदस्यबाट निष्काशन गर्दै उक्त बिषयमा थप छानविन गर्न समिति गठन गरिएको छ, त्यसको प्रतिवेदन आएपछि थप कारवाही गर्न बिषयमा पार्टीले निर्णय लिने छ ।
यसअघि जनता समाजवादी पार्टीले आफ्ना सांसद यादवलाई तीन दिने स्पष्टीकरण सोधेको थियो । यादवलाई पार्टीले ७ वटा प्रश्न लेखेर तीन दिन भित्र त्यसको जवाफ दिन निर्देश गरेको थियो । यादवले पार्टीले दिएको समयसीमा भित्रै जवाफ दिई पार्टी विरोधी कुनैपनि गतिविधिमा आफ्नो संलग्नता नरहेको जवाफ दिएको सचिव अधिकारीले स्पष्ट पारे । सांसद यादवको इनकारी जवाफ आएकोले छानबिनका लागि समिति बनेको उनले बताए ।
साँसद यादवको सर्मथकहरुले पार्टीको पर्सा जिल्ला कार्यालय र काठमाडौको बालकुमारीमा रहेको केन्द्रीय कार्यालयमा तालाबन्दी, तोडफोड, पार्टीको झण्डा जलाउने, पार्टी अध्यक्ष उपेन्द्र यादवको पुतला जलाउने प्रर्दशन गर्ने क्रियाकलापहरु गरेका थिए ।
बैठकले केन्द्रीय समितिमा केही नयाँ अनुहार पनि थपेको छ । वीरगंज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगी पार्टीको केन्द्रीय सदस्यमा मनोनित हुनु भएको छ भने डा. सूर्य नारायण यादव, विकास तिवारी, रामबाबु यादव लगायत पार्टीको केन्द्रीय समितिमा मनोनीत भएको उनले स्पष्ट पारे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन