३५ सय रुपैयाको लागि साथिको हत्या

0 Shares
पर्सा, १६ फागुन । ३५ सय रुपैयाको साथिको हत्या गर्ने तिन जना युवकलाई पर्सा प्रहरीले पक्राउ गरेका छन् ।
तास खेल्ने क्रममा बाँकी रहेको ३५ सय रुपैयाको लागि विवाद हुँदा वीरगञ्नज महानगरपालिका वडा नम्वर २७ का मुकेशप्रसाद यादव, अरुणप्रसाद यादव र मुना तिवारीले गत फागुन ७ गते सोही वडा उदयपुर घुर्र्मीका १९ बर्षीय  इशालप्रसाद कुर्मीको हत्या गरेर खोलामा शव फालिदिएको आरोपमा तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्राले फागुन ७ गते वीरगञ्ज महानगरपालिका–२७ उदयपुर घुर्मी बस्ने जोगिन्द्रप्रसाद कुर्मीको १९ वर्षीय छोरा इशालप्रसाद घरबाट काम गर्न जाने भन्दै निस्किएका थिए । तर अबेर रातिसम्म पनि घर नफर्किएपछि परिवारले फागुन ८ गते जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिएको थियो ।
निवेदन दर्ता भएपछि प्रहरीले खोजतलास गर्दै फागुन ११ गते भेडाहा खोलामा इशालप्रसाद कुर्मीको तैरिरहेको शव फेला पारेको उनले बताए । प्रहरीले अनुसन्धान गर्दै जाँदा साथीहरू तास खेल्न गएका बेला ३५ सय रुपैयाँको विषयमा विवाद भएको र त्यसैको कारणले उनको हत्या गरिएको रहस्य खुलेको एसपी मिश्रले भने ।
पक्राउ परेका तीन जनालाई ज्यानसम्बन्धी कसूरमा ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जानकारी उनले दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।