चक्रपथ सडक विस्तारको कार्यमा चिनियाँ पक्षको ढिलाई

0 Shares
काठमाडौं । संघीय राजधानी काठमाडौंको चक्रपथ विस्तारको लागि चिनियाँ पक्षले लिएको जिम्मेवारी समयमा काम सम्पन्न गर्न नसकेर ढिलाई गर्दै आउदा सडक विभाग आफैले विस्तारको काम सुरु गरेको छ ।
चिनियाँ पक्षले चक्रपथ विस्तार दोस्रो खण्डको काममा ढिलाइ गरेपछि सडक विभाग आफैँले सडक फराकिलो पार्न थालेको हो । वसुन्धरादेखि वनस्थली सम्म दुवैतर्फ ३–३ मिटर नयाँ कलोपत्रे गर्न लागेका छन् ।
कलंकी देखि चाबहिल सम्म चिनियाँ अनुदानमा दोस्रो चरणको विस्तार गर्ने सम्झौता भएको थियो । करिब ६ वर्ष अघि देखि सडक छेउका रुख सहितका संरचना हटाउन थाले पनि अहिले सम्म चिनियाँले सडकको डिजाइन नै तयार गर्न सकेका छैनन् ।
चिनियाँ पक्षले प्रिलिमिनरी (प्रारम्भिक) डिजाइन नेपाली पक्षलाई पठाए पनि विस्तृत परियोजना (सडकको पूर्ण डिजाइन) सहितको प्रतिवेदन नै नेपाललाई बुझाएको छैन । नारायणगोपाल चोकमा धेरै घर भत्काउनु पर्ने भएकाले कलंकी देखि वसुन्धरा सम्म बनाउने सहमति भएको थियो ।
तर चिनियाँ निर्माण कम्पनीले लामो समय विभिन्न बहाना बनाउदै काम गर्न सकेनन् । काठमाडौं चक्रपथ सडक विस्तार योजनाले ठेक्का लगाएरै काम गरिरहेको छ । चिनियाँ पक्षले डिजाइनको काम नै नसकाएकाले फिल्डमा आएर काम गर्न अझै धेरै वर्ष लाग्ने देखिन्छ’, योजना प्रमुख कृष्णनाथ ओझाले भने, ‘डिजाइन आएर निर्माण सक्न कम्तीमा ३–४ वर्ष लाग्ने देखिन्छ ।
त्यो बेलासम्म थेग्नको लागि काम सुरु गरिएको छ । ’चक्रपथमा धूलो पनि धेरै भएको र मर्मत पनि गर्नुपर्ने भएकाले छेउमा केही बढाउँदा धूलो कम हुने विभागको आकलन छ ।
‘अहिले कालोपत्रे भएको सडक छेउछाउमा बिग्रियो । धूलो बढी भयो भनेर कालोपत्रे गर्न थालेका हौँ’, ओझाले भने, ‘वसुन्धरा देखि वनस्थलीसम्म सडकको दुवैतर्फ ३–३ मिटर कालोपत्रे गर्नुपर्ने हुन्छ ।’ ३ मिटर कालोपत्रे थप गर्दा दुवैतर्फ १–१ लेन जति थप हुन्छ ।
अब उक्त सडक करिब ४ लेनसरह हुनेछ । छेउमा सडक थप गर्नेसँगै बीचमा भएका खाल्डाखुल्डी पनि टालिनेछ । ‘करिब साढे ४ करोडमा ठेक्का लगाइएको छ’, उनले भने, ‘पहिले पनि पिच भएको केही ठाउँ बिग्रिएको र धूलो बढेकाले चैतसम्म कालोपत्रे सक्याउने योजना छ ।’ यता काठमाडौं कलंकीदेखि वसुन्धरासम्म ८ लेनमा विस्तार गर्न चक्रपथ सडकको विस्तृत परियोजना प्रतिवेदन बनाइरहेको चिनियाँ पक्षले जानकारी दिएको बुझिएको छ ।
गत भदौमा अर्थ मन्त्रालयमा चक्रपथ विस्तारको लागि सहमतिपत्र (एलओसी) हस्ताक्षर भएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एलओसीमा हस्ताक्षरसँगै चिनियाँले सडकको डिजाइन गर्न डीपीआरको काम अघि बढाउने जानकारी दिएको थियो ।
चिनियाँ अनुदानमा कोटेश्वरदेखि कंलकीसम्म सडक विस्तार भइसकेको छ । त्योसँगै दोस्रो चरणमा कलंकीदेखि चाबहिल सम्म विस्तार गर्ने समझदारी भएको थियो । केही वर्षअघि सडक विभागले चक्रपथको ओभर ले गर्दा सरकारी रकम दुरुपयोग गरेको भन्दै आलोचना भएको थियो । तर चिनियाँहरुले प्रतिबद्धता अनुसार समयमै काम नगर्दा थप कालोपत्रे गर्नुपर्ने बाध्यता छ ।
‘धेरै धूलो उडेको कारण स्थानीय र यात्रुलाई धेरै अप्ठ्यारो भएकाले थप केही सडक बढाउँदा कम हुने अनुमान छ’, ओझाले भने । सडक विस्तारका लागि २०७६ कात्तिकमा नै रुख कटान भए पनि चिनियाँ पक्षले विभिन्न बहाना देखाउँदै काम सुरु गरेको छैन । सरकारले सडक छेउका पोल, अस्थायी संरचना हटाए पनि कोभिडलगायत कारण देखाएपछि प्रक्रिया नै अघि बढेन ।
नेपाल सरकारले सडकका दुवैपट्टि सर्भिस लेन बनाइसकेको छ । सडक निर्माण गर्न अब कुनै अवरोध छैन । लामो समय चक्रपथ विस्तार नहुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । पानी पर्दा हिलो र घाम लाग्नेबित्तिकै धूलो उड्दा यात्रुसँगै स्थानीयले समस्या भोग्दै आएका छन् ।
काठमाडौंका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत विरोध जनाएका थिए । सडक नबनाएको गाली खाएसँगै उक्त खण्ड सडक विभागको पर्ने बोर्ड नै राखिदिएका थिए । चक्रपथ विस्तार गर्दा स्वयम्भू क्षेत्रमा अहिलेका संरचनालाई यथावत् राखी सडक विस्तार गर्ने योजना रहेको बताइएको छ । हालसम्मको समझदारीमा ८ लेनको सडकको बीचमा ग्रिनरी, चोकमा अन्डरपास वा ओभरपास, आकाशे पुलसहितको सडक डिजाइन बनाउने समझदारी भएको छ ।
कुन ठाउँमा ओभरपास, अन्डरपास, आकाशे पुस बनाउने भन्ने विषय डिजाइनसँगै टुंगिनेछ । चीनले कोटेश्वर–कलंकीको १० किमि सडक २०७५ मा सरकारलाई हस्तान्तरण गरेको थियो । धेरै ठाउँमा आकाशे पुल नहुँदा नेपाल सरकारले निर्माण गरिरहेको छ । ग्वार्को चोकमा बढी ट्राफिक भएपछि ओभरपास निर्माणाधीन छ । निर्माण कम्पनीलाई चैतसम्म सकाउने समय दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।