सर्लाहीको विवाद समाधान गर्दै शुक्रवार देखि अधिवेशन हुने निश्चित

   ९ मंसिर २०७८, बिहीबार १५:१७  

तराई टप संवाददाता
सर्लाही, ९ मंसिर । नेपाली काँग्रेस सर्लाहीको विवाद समाधान गर्दै शुक्रवार देखि वडा अधिवेशन हुने निश्चित भएको छ ।
विवादको कारण दोस्रो पटक अधिवेशन रोकिएपछि केन्द्रीय निर्वाचन समितिले दुवै पक्षलाई काठमाडौं बोलाएर समाधान गराएपछि भोली वडा अधिवेशन हुने भएको हो । लगातार ३ दिन देखि काठमाडौमा भएको छलफलपछि वडा, क्षेत्रीय र महाधिवेशन प्रतिनिधि चयन गर्न सहमति भएको सभापति नागेन्द्र रायले बताए ।
अधिवेशन गराउन तेस्रो पटक खटाइएका निर्वाचन अधिकृत भरतबहादुर राउत काठमाडौंबाट सर्लाहीका लागि प्रस्थान गरिसकेको र भोलि त्यंहा पुग्ने सभापति रायले जानकारी दिए । बिहीबार पार्टीका दुवै पक्षका नेता, वडास्तरमा मतदान अधिकृतका रूपमा खटिने शिक्षक लगायत सबै सरोकारवालालाई राखेर निर्वाचन प्रक्रिया, केन्द्रीय कार्यालयको निर्देशिका लगायतबारे जानकारी गराउने र भोलि शुक्रबार वडा अधिवेशन गराइने राउतले स्पष्ट पारे

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै