मुख्यमन्त्री सिंहको निर्देशनलाई अवज्ञा गर्ने अबैध अस्पतालका संचालक साह पक्राउ

0 Shares

रौतहट, १९ फागुन । अनाधिकृत रुपमा बिना दर्ताको संचालनमा रहेका अस्पतालहरुमा मुख्यमन्त्रीले निरीक्षण गरेर बन्द गर्न दिएको निर्देशन विपरित कार्य गर्दा एक जना अबैध अस्पतालका संचालकलाई सोमवार रौतहट प्रहरीले पक्राउ गरेका छन् ।
गएको शनिवार मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चन्द्रपुर नगरपालिका स्थित विभिन्न स्थानमा संचालनमा रहेका ११ वटा निजी अस्पतालको निरीक्षण गर्ने क्रममा चन्द्रपुर अस्पताल प्राली बाहेक सबै अस्पताल गैरकानुनी एवं अबैध रुपमा संचालनमा रहेको पाइएपछि तिनीहरुलाई बन्द गर्न निर्देशन दिएका थिए ।
उक्त निर्देशनको अवज्ञा गर्दै अबैध अस्पताल मध्येका सिभिल हुम्यान एण्ड रिसर्च सेन्टर चन्द्रनिगाहपुर आज संचालनमा ल्याएपछि उक्त अबैध अस्पतालका संचालक राजन साहलाई आज विहान इलाका प्रहरी कार्यालय चन्द्रपुरले नियन्त्रणमा लिएको छ ।
मुख्यमन्त्री सिंहले अनाधिकृत रुपमा संचालित अस्पताललाई बैधानिकता लिएर मात्रै संचालन गर्न पत्र दिएपनि उक्त पत्रको अवज्ञा गरी संचालन गर्न खोज्दा साहलाई नियन्त्रणमा लिइएको इप्रका चन्द्रपुरका डिएसपी राजकुमार राईले बताए ।
मुख्यमन्त्री सिंह सहितको टोलीले हाइवे ट्रमा हस्पिटल एण्ड रिर्सच सेन्टर प्रालि, सिभिल हुम्यान एण्ड रिसर्च सेन्टर, पब्लिक लाइफ केयर पोलिक्लिनिक, एपोलो सिटी अस्पताल, चपुरसिटी अस्पताल, हिमालय पोलीक्लिनिक, चन्द्रपुर, सामुदायिक अस्पताल, नमस्ते डेन्टल क्लिनिक, चन्द्रपुर अर्थोपेडिक अस्पताल र चन्द्रपुर आखा तथा दाँत उपचार केन्द्रहरु अहिले बन्द अवस्थामा रहेको डिएसपी राईले जानकारी दिए ।  इलाका प्रहरी कार्यालय चन्द्रपुरमा संचालक साहले बैधानिकता पुर्याएर मात्रै अस्पताल संचालन गर्ने लिखित कागज बनाएपछि उनी रिहा भएको प्रहरी श्रोतबाट बुझिएको छ । यता संचालक साह अस्पताल दर्ताको लागि नगरपालिकामा पटक पटक प्रयास गरेपनि चन्द्रपुर नगरपालिकाले कार्यविधि नबनाएको हुँदा दर्ता हुन ढिलाई भएपनि एक दुई दिन भित्र दर्ता भईसक्ने दाबी गरे ।
यसैगरी गरुडा, यमुनामाई, गौर लगायतका स्थानीय तहका क्षेत्रमा विभिन्न नामबाट संचालनमा रहेका अस्पतालहरु दर्ता नै नगरी संचालनमा रहदा त्यस्ता अस्पताललाई कारवाहीको दायरमा कहिले सम्म ल्याउने हो भने यतिखेर प्रश्न चिन्ह् उब्जीएका छन् ।
त्यती मात्रै नभई सदरमुकाम जस्तो गौरमा तैयब नरसिंग होमबाट विभिन्न अस्पतालहरु बनेको र ति अस्पतालहरु विना दर्ताको संचालनमा रहदा कसको संरक्षण रहेको छ भने प्रश्न उठ्नु स्वभाविकै हो । ठूला ठूला नेताहरुको आशिर्वाद प्राप्त रहेका स्वास्थ्य माफियाहरुलाई कारवाहीको दायरमा ल्याई अनाहकमा सोझासाझा जनताहरुलाई ठगिनबाट रोकिनु स्थानीय प्रहरी प्रशासनको त्यतीकै दायित्व रहेको छ जति स्थानीय तहको छ ।
प्रादेशिक अस्पताल गौर अगाडी च्याउ उम्रे झै औषधी पसलहरु विना लाइसेन्सको संचालन भईरहेको भएपनि तिनीलाई नियमन गर्न कसले कदम उठाउला ? नागरिक अगुवाहरुले प्रश्न उठाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।