पत्रकार फणीदेव महतलाई चन्द्रपुर अस्पताल प्राली परिवारले ५० हजार सहयोगको साथै आजिवन निशुल्क उपचारको प्रतिबद्धता

0 Shares

चन्द्रपुर (रौतहट), २० फागुन । लामो समय देखि गम्भीर प्रकृतिका रोगबाट जुधरेहका रौतहटका पत्रकार फणी महतलाई चन्द्रपुर अस्पताल प्रालीले उपचारमा सहयोग मिलोस भन्ने उद्देश्यका साथ ५० हजार सहयोग गरेका छन् ।
चन्द्रपुर अस्पताल प्राली परिसरमा आयोजित एक अनौपचारिक कार्यक्रममा पत्रकार महतलाई अस्पताल परिवारको तर्फबाट एक दिनको तलव बराबरको रकम ५० हजारको चेक हस्तान्तरण गरिएका हुन् । पत्रकार महत ब्रेन ट्युमरबाट लामो समय देखि ग्रसित भई नेपाल र भारतको विभिन्न अस्पतालमा उपचारको साथै शैल्यक्रिया गराएपनि उनको समस्यामा सुधार आउन नसकेर थला परेको अवस्थामा चन्द्रपुर अस्पताल प्राली परिवारले उनलाई उक्त रकम सहयोग गर्दै उनी जिवित रहुनजेल सम्म चन्द्रपुर अस्पतालमा निशुल्क उपचार गरिने प्रतिबद्धता अस्पतालका संस्थापक एवं बरिष्ठ डा. सुभाष चौधरीले व्यक्त गरे ।
उक्त अनौपचारिक कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एवं वरिष्ठ पत्रकार शिव पुरी, नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कार्की, नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष यादवराज पुरी सहितका संचारकर्मीहरुले पत्रकार फणीदेव महत एउटा कर्मशिल एवं निष्ठावान कलमजिवी भएपनि दैवले उनलाई लगाएको रोगलाई निको पार्नमा चन्द्रपुर अस्पतालले देखाएको मानविय धर्मको सराहना गर्दै यस्तै अन्य समाजिक क्षेत्रमा कार्यरत संघसंस्था सहित नेपाल सरकारले पनि समयमै ध्यान पुर्याएर एउटा कलमजीविको जीवन रक्षा गर्नमा अमूल्य योगदान पुर्याउन आग्रह गरे ।
पत्रकार महतले आफू प्रति चन्द्रपुर अस्पतालले देखाएको सहानुभुति प्रति कृतज्ञता जाहेर गरे ।
चन्द्रपुर अस्पताल प्रालीका अध्यक्ष एवं वरिष्ठ डा. सुभाष चौधरीको सभापतित्वमा सम्पन्न उक्त अनौपचारिक कार्यक्रममा संचारकर्मी, पत्रकार महतको श्रीमती सुनन्दा महत सहित अस्पतालका चिकित्सक सहितका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
गम्भीर प्रकृतिका रोगबाट जुधिरहनु भएका पत्रकार महतको उपचारमा केही मद्दत पुर्याउने उद्देश्यका साथ चन्द्रपुर अस्पताल प्रालीमा कार्यरत रहेका चिकित्सक सहितका कर्मचारीहरु एक दिनको तलव उनलाई हस्तान्तरण गरिएको चन्द्रपुर अस्पताल प्रालीले जनाए ।
डा। चौधरी समाज सेवामा निरन्तर रुपमा सक्रिय रहदै आएको त्यसमा पनि चन्द्रपुर घर भएका पत्रकार महत विगत केही बर्ष देखि ब्रेन ट्युमरको समस्याबाट जुधिरहेको अवस्थामा उनको स्वास्थ्य उपचारमा केही मद्दत पुग्ने उद्देश्यबाट सहयोग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।