गौर राईस मिल्सको जग्गा विक्री हुने खबर बाहिरिए पछि तात्यो गौर देखि सदन सम्म

0 Shares
रौतहट, २१ फागुन । बर्षौ देखि खेल मैदानको रुपमा रहेका बहुचर्चित गौर राईस मिल्सको जग्गाबाट ५५ कत्ठा जग्गा नगरपालिकाको नाममा पास गरेर बाँकी जग्गा फुकुवा गर्ने कुरा बाहिरिएपछि एकाएक गौर सहित संघिय सदन तात्एिका छन् ।
गौर राईस एण्ड फ्लोर मिल कम्पनीका शेयरधनीहरु पटक पटक सर्वोच्च अदालत देखि लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्म नगरपालिकाले अनावश्यक रुपमा रोक्का राखिराख्न मनासिव नदेखिएको भन्दै गौर नगरपालिकाको नगरप्रमुख शम्भु साहले उक्त कम्पनी संग कुरा गरेर दुई विगहा १५ हत्ठा अर्थात (पचपन्न कत्ठा) जग्गा निशुल्क यानीकी उपहारमा दिने शर्तमा बाँकी जग्गा एक विगहा १६ कत्ठा जग्गा फुकुवा गर्ने प्रोशेस चालेको खुलासा भएपछि सिंगो रौतहट सहित प्रदेश र संघिय संसद तात्एिका हुन् ।
संघिय साँसद एवं आम जनता पार्टीका अध्यक्ष प्रभु साहले रौतहटका गौरवको रुपमा रहेको गौर राइस मिल माथि केही भू माफियाको चलखेलमा बेच्ने खेल भईरहेको भन्दै त्यसप्रति सरकारको ध्यानाकार्षण गराए । उनले उक्त प्रपञ्चको विरुद्धमा अहिले सिंगो गौरवासी नै आन्दोलित रहेको पनि जानकारी गराए । उक्त जग्गा चलखेल गरेर बेच्न खोजिए पछि गौरबासी आन्दोलनमा रहेको बताउदै त्यसबारेमा सरकारले जवाफ दिनुपर्ने माग गरे ।
यस्तै मुख्यमन्त्री सतिशकुमारी सिंहको प्रेस सल्हाकार अनिलकुमार कर्णले विज्ञप्ती जारी गरेर गौरको एतिहाँसिक एवं रौतहटबासीको धरोहरको रुपमा रहेका राइस मिल्सको जग्गा विक्री हुन लागेकोमा मुख्यमन्त्रीको गम्भीर ध्यानाकर्षण भएको छ । कानुनी जटिलता, श्रोत व्यवस्थापन र संरक्षणको ठोस प्रयास नहुँदा संकटमा परेका गौर राइस मिल्सको जग्गा सुरक्षित गर्न प्रदेश सरकार जग्गा अधिग्रहणको प्रक्रियालाई तिव्रता दिन ठोस पहल गर्ने प्रतिबद्धता जनाएको हुँदा विक्री वितरण गर्नमा नलाग्न आग्रह गरिएको छ ।
यसैगरी संविधान सभा सदस्य बबन सिंहले मुख्यमन्त्री सतिशकुमार सिंहलाई उनकै कार्यकक्षमा ज्ञापन पत्र बुझाएर विचौलियाबाट गौर राइस मिल्सको जग्गालाई जोगाउन आग्रह गरे । यसैगरी नेपाली काँग्रेसका नगरसभापति मोहन यादव, रौतहट क्रिकेट संघका अध्यक्ष पवन साह सहित विभिन्न राजनीतिक दलका नेताहरु विज्ञप्ती मार्फत गौर नगरप्रमुखलाई आफनो कदम सच्याउन आग्रह गर्दै यदी त्यस्तो नगरिएमा यहाँ हुने जस्तो सुकै परिस्थितिको जिम्मेवार नगरपालिका र नगरप्रमुख हुने चेतावनी दिएको छ ।
गौर नगरका पूर्व मेयर बाबुलाल साह कानु, नागरिक समाजका अगुवा जगन्नाथ प्रसाद केसरी, समाजसेवी रामेश्वर राय यादव सहितका व्यत्तित्वहरुले बहालबाला मेयरलाई राखेर सर्वपक्षिय बैठकको माध्यमबाट समस्याको समाधान निकाल्न सुझाव दिए ।
यता गौर राईस मिल्सको जग्गालाई जुनसुकै परिस्थितिमा जोगाउन गौरका युवाहरुलाई सक्रिय हुन समाजिक संजाल मार्फत अपिल जारी गरिरहेका छन् । यसैले आउने समयमा राईस मिल्सको जग्गाले कतै ठूलो रुप लिने त होइन ? समयमै विचार गरेर समाधानको प्रयासमा लाग्न सम्बध निकाय संग अनुरोध युवाहरुले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।