आर्थिक चलखेलको आधारमा अनुमती लिने आनन्द होस्पिटलका तथाकथित डाक्टर भनाउने संचालक उमेशप्रसाद जयसवाल मुख्यमन्त्री आएपछि रफुचक्कर

0 Shares
तराई टप डेष्क
रौतहट, २३ फागुन । सम्बध निकायमा दर्ता नगरी गैरकानुनी रुपमा बर्षौ बर्ष देखि नक्कली डाक्टर (झोला छाप चिकित्सक) ले विरामीहरु संग धोखाधडी गर्दै आएका आनन्द अस्पताल एक्युपन्चर सेन्टरमा विहिवार साँझ मुख्यमन्त्री पुगेपछि नक्कली डाक्टर फरार भए ।
पछिल्लो केहि समय देखि प्रदेशको राजधानी सहित मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा उपचार एवं सेवा भावनाको आडमा गैरकानुनी रुपमा अस्पतालहरु खडा गरेर विरामीहरुलाई लुट्दै गोरखधन्धा चलाईरहेका अस्पताल विरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह सक्रिय भएपछि स्वास्थ्य माफियाहरुमा खैलाबैला मचेका हुन् ।
यसैक्रममा हिजो साँझ गरुडा नगरपालिकाको विभिन्न अस्पतालमा मुख्यमन्त्री सिंहले अनुगमन गरेर १० वटा अस्पताल बन्द गर्न निर्देशन दिएको बताइएको छ ।
पटक पटक समाचारको माध्यमबाट आनन्द अस्पताल एक्युपन्चर सेन्टरका संचालक एवं नक्कली डाक्टर (झोला छाप) उमेश प्रसाद जयसवाले स्थानीय तह देखि लिएर विभिन्न व्यक्तिहरुलाई आर्थिक चलखेलका आधारमा विरामीहरुलाई लुट्ने कार्य जारी राखेका थिए । त्यती मात्रै नभई जयसवालले तत्कालिन सिडिओलाई समेत मुख बन्द गराएर गोरखधन्धा जारी रहेको थियो ।
तथाकथित डाक्टर भनाउने झोलाछाप उमेशप्रसाद जयसवालको सक्कली अनुहार
गरुडा नगरपालिका वडा नम्वर ५ स्थित शिवनगर मन्दीर जाने बाटोको उत्तर तर्फ दक्षिण मुख भएका उक्त अस्पतालका संचालक आफूलाई तथाकथित डा. भनाउने उमेश प्रसाद जयसवालको समाचार “तराई टप” अनलाईनले निरन्तर रुपमा प्रकाशित विगतका दिनमा गर्दा गरुडा नगरपालिकामा रकमी चलखेल गरेर केही बेडको स्वीकृति नक्कली कागजात लिएर बसेपनि उसले मापदण्ड पुरा गर्नुपर्ने शर्तहरु पुरा नगर्दा बाहिर बाहिरका चिकित्सकको नामबाट उनी आफै उपचार गरेर रकम ठग्दै कार्य जारी राख्दै हिजो साँझ मुख्यमन्त्री सिंह पुग्दा अस्पताल बन्द गरेर जयसवाल फरार भएको स्थानीयहरुले “तराई टप” अनलाईनलाई जानकारी दिए ।
उपचारको नाममा चर्को शुल्क असुल्दै वर्षौदेखी विरामीलाई ठग्दै र लुट्दै आएका आनन्द अस्पताल एक्यूपन्चर सेन्टर प्रालीलाई मुख्यमन्त्री सिंहले बन्द गर्न निर्देशन दिए ।
अनुगमनको क्रममा आनन्द हस्पिटल शिवनगरले गरुडा नगरपालिकाबाट कानुन विपरीत २५ बेडको अनुमति लिएपनि ६० भन्दा बढी बेड राखेको, एउटा भवनमा हस्पिटल सञ्चालन गर्ने अनुमति लिएपनि तिनवटा भवनमा हस्पिटल सञ्चालन गरेको, स्वास्थ्यको कुनैपनि मापदण्ड पुरा नगरेको पाइएपछि मुख्यमन्त्री सिंहले आनन्द हस्पिटल तत्कालै बन्द गर्न निर्देशन दिएको मुख्यमन्त्री कार्यालयबाट जारी भएका प्रेस रिपोर्टमा उल्लेख गरिएको छ ।
नगरपालिकाले निजी अस्पताललाई १५ शैया सम्मको मात्र अनुमति दिन पाउँछन् तर गरुडा नगरपालिकाले कानुन विपरीत आनन्द हस्पिटल शिवनगरलाई २५ शैयाको अस्पताल सञ्चालन गर्न अनुमति दिएको देखियो । मुख्यमन्त्रीको निर्देशनलाई अटेरी गरी अस्पताल सञ्चालन गरे आनन्द हस्पिटलका सञ्चालकलाई पक्राउ गरी कडा कारवाही गर्ने चेतावनी दिएको छ ।
तथाकथित डाक्टर भनाउने उमेश प्रसाद जयसवाल डाक्टर नहुँदा एनएमसी नम्बर विना उपचार गर्नु मानव स्वास्थ्य संग खुलमखुल्ला खेलबाड गरिरहदा पनि गरुडा नगरपालिका र स्थानीय प्रहरी प्रशासन आर्थिक चलखेलमा चुर्लुम्म डुब्दा आनन्द हस्पिटलका सञ्चालक उमेश प्रसाद जयसवालले उपचारको नाममा विरामीसंग चर्को एवं मोटो रकम असुल्दै आइरहेको छ ।
मुख्यमन्त्रीले त्यस बाहेक गरुडाका झोले हस्पिटलको रुपमा रहेको सरस्वती हस्पिटल, सन सिटी हस्पिटल, गरुडा अस्पताल प्रालि, नेत्र ज्योतिका सञ्चालक हस्पिटल नै बन्द गरी फरार भएका थिए । ति हस्पिटलहरुलाई समेत कारवाही स्वरुप बन्द गर्न निर्देशन दिए ।
मापदण्ड पुरा नगरी अस्पताल संचालन गरेपछि स्थानीय स्तरमा त्यसको चर्को आलोचना भएपछि अनुगमनका लागि मुख्यमन्त्री सिंह रौतहट आएका थिए ।
उनी अनुगमनमा आएको थाहा पाएपछि गरुडा र शिवनगरका आधा दर्जन अस्पतालका सञ्चालक सटर लगाएर भागेका थिए ।
रौतहट जिल्लाको चन्द्रनिगाहपुर गौर सडक खण्डका दर्जनौ स्थानमा दर्ता नै नभएका निजी अस्पतालहरु संचालनमा छन् । स्थानीयले उपचारको नाममा सर्वसाधारणसँग चर्को शुल्क असुल्ने सदरमुकाम गौर सहितका शहर बजारमा रहेका निजी अस्पताल अनुगन गरेर बन्द गराउन माग यतिखेर उठ्न थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।