आईसिसि महिला टि ३० विश्वकप एसिया छनौटमा नेपाल शिर्ष स्थानमा

554 Shares

रौतहट, ९ मंसिर । युएईमा भईरहेको आईसिसि महिला टि ३० विश्वकप एसिया छनौटमा नेपाल कुवेतलाई ९ विकेटले पराजित गर्दै शिर्ष स्थानमा उक्लिएको छ ।
छनोटमा लगातार दोस्रो जित हात पारेको नेपाल युएईलाई रनरेटमा पछि पार्दै शीर्ष स्थानमा उक्लेको हो । पहिलो खेलमा हङकङसँग पराजित नेपालले त्यसपछि भुटानलाई हराएको थियो । लगातार दुई जितपछि नेपालले शीर्ष स्थानमा रहँदै ग्लोबल क्वालिफायरमा पुग्ने सम्भावना कायम राखेको छ ।
दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा कुवेतले दिएको २८ रनको सामान्य लक्ष्य नेपालले ३.३ ओभरमा खेल्दै १ विकेट गुमाएर पुरा गरे । नेपालको जितमा इन्दु बर्माले १३ कप्तान रुविना क्षेत्रीले १२ रन बनाए । दुवै अविजित रहे भने ओपनर सीता राना मगर शुन्यमा आउट भइन् ।
कुवेतका लागि एकमात्र विकेट मारिया जस्वीले लिइन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५.४ ओभरमा सबै विकेट गुमाएर २७ रन बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार