zoom download for free for pc zoom cloud meeting app download for windows10 zoom zoom app zoom downl download zoom for windows 8 zoom login meeting id

प्रेमको कुनै स्वरुप हुदैन, प्रेम अन्धो हुन्छ, जव स्वार्थपूर्ण प्रेम हुँदा त्यसको परिणाम यस्तै हुन्छ

   ४ कार्तिक २०७७, मंगलवार १५:१६  

रौतहट । ‘प्रेम अन्धो हुन्छ’ हामी धेरैले सुनेका छौँ । अर्को महत्वपूर्ण भनाई, ‘लडाँई र मायामा सबथोक जायज हुन्छ ।’ यस्तै एक घटना अहिले सार्वजनिक भएको छ । भारतको आन्ध्र प्रदेशको विजयवाडाबाट एक जोडीको दुःखद रुपमा अन्त्य भएका छन् ।
त्यहाँको एक युगल जोडीले गरेको हर्कतको कारण उसको परिवार मात्रै भई सुन्ने सबैलाई हैरान पारेको छ । २४ बर्षको युवती थिइन, उनी कोभिड–१९ सेन्टरमा नर्सको रूपमा काम गर्थिन् । त्यस घटनामा प्रेमी युवकको पनि मृत्यु भएको छ ।
वास्तवमा घटना के भने मुना र मदन गत चार बर्षदेखि प्रेम सम्बन्धमा थिए । यस बीच, ती दुई बीच केही मनमुटाव भएको थियो । त्यसपछि मुना र मदनले सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगे । मुनाले मदनसँगको सम्बन्ध समाप्त गरेर आफ्नो जीवन आरामले जीउन थालिन् ।
तर मदनले उक्त निर्णयमा टिक्न तयार थिएनन् । उनले मुनालाई विवाहको लागि निरन्तर दबाव दिन थाले । यस बाहेक, मदनले मुनालाई निरन्तर पछ्याउन थाले । मदनको यस्तो व्यवहारले मुना साह्रै दुखी भइन् । हैरान भएपछि मुनाले मदनका विरुद्ध प्रहरी चौकीमा गएर निवेदन दर्ता गराउने निर्णय गरिन् । यही ५ अक्टुबरमा, मुना आफ्नो पूर्वप्रेमी मदनसँग रिसाएर विजयवाडाको गभर्नपेट प्रहरी चौकीमा निवेदन दर्ता गर्न गइन् ।
मुनाको निवेदनपछि प्रहरीले तुरुन्त बोलाएर मदनलाई आउँदा दिनहरुमा पछ्याउने काम नगर्नु भन्दै चेतावनी दिएर छोड्यो । मदनले त्यसपछि एउटा वचन दिए, जसमा उनले अबदेखि मुनालाई नपछ्याउने बताएका थिए । त्यसपछि मुनाले पनि निवेदन फिर्ता लिईन् । यसरी उक्त उजुरी समाप्त गरियो । तर मुनालाई थाहा थिएन कि यस निवेदनको नतिजा एकदम भयानक हुनेछ ।
मुना सोमबार कामबाट घर फर्कदै थिईन् । त्यस समयमा मदनले उनको पछि–पछि कराउँदै आए । यसबीचमा उनीहरु बीचमा विवाद पनि भयो । मदन, मुना प्रहरी चौकीमा पुगेको कुराले असाध्यै रिसाएका थिए । केहि बेरमा, कुरा यत्ति धेरै भयो कि मदनले पेट्रोल मुनामाथि खन्याएर आगो बालिदियो ।
आगो लागेपछि मुनाले मदनलाई पनि जोडले तानेर अंगालो हालिन् । आगोले उनीहरु दुबैलाई नराम्ररी क्षति गरे । प्रहरीका अनुसार उनीहरु चिच्याएको आवाज सुनेर त्यहाँ मान्छेहरु आएका थिए । स्थानीयले आगो निभाएर उनीहरुलाई अस्पतालमा भर्ना गरे तर उपचारको क्रममा दुबैको मृत्यु भयो ।
नोटः तराई टपले माथि प्रयोग गरेका नाम (मुना र मदन) परिवर्तन गरिएको काल्पिनक नामहरु हुन् । यस घटनामा ज्यान गुमाउनेहरुको नाम प्रहरीले विशेष कारण देखाउँदै सार्वजनिक गरेको छैन । अहिलेको समयमा युवा युवतीहरु प्रेममा हराएर आफ्नो जीवन दिन पनि पछि पर्दैनन् । त्यसलाई केही हदसम्म रोक्नका लागि सहयोगी हुन्छ कि भन्ने लागेर हामीले यो सामाग्री तयार पारेका हौँ । यसरी भएको मृत्युलाई मान्छेहरु बहादुरी मान्दैनन्, यो एक कायरता पूर्ण काम हो । त्यसकारण जुनसुकै समस्या भए पनि डटेर सामना गर्न सिक्नु पर्छ, मृत्यु नै समस्याको समाधान होईन । आफुले पढेपछि सबैंको जानकारीका लागि सक्दो सेयर गर्नुहोला ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै