zoom us download for windows 10 lunar client zoom mod download zoom pc nasıl indirilir zoom app login online zoom meeting join online meeting

आतंकबाद विरुद्ध जनकपुरमा युवाहरुको मोटरसाइकल रयाली

   ९ मंसिर २०७८, बिहीबार १६:१७  

तराई टप संवाददाता
जनकपुर, ९ मंसिर । भारतका मुम्बईमा भएको २६÷११ को आतंकवादी हमलाको सम्झनामा राष्ट्रिय एकता अभियानको अगुवाईमा युवाहरुले जनकपुरमा विहिवार मोटरसाइकल रयाली प्रदर्शन गरेको छ ।
भारतको मुम्बईमा भएको आतंकवादी हमलाको स्मरणमा मोटरसाइकल रयाली प्रदर्शन गरिएको हो । स्थानीय रेल्बे स्टेशनबाट निकालिएको मोटरसाइकल रयाली भानु चोक, शिव चोक, जनक चोक हुँदै जानकी मन्दिरमा गएर टुँगिएको थियो ।
प्रदर्शन गर्ने क्रममा युवाहरुले पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएको भन्दै बिभिन्न नारा लेखिएको प्लेकार्ड लिएर रयालीमा भाग लिएका थिए । विश्वशान्तिको दुश्मन पाकिस्तान, आतंकवादको पहिचान – पाकिस्तान, लादेन कहाँ भेटिए–पाकिस्तानमा, आतंकवादलाई प्रश्रय दिने मुलुक अपराधी हो, आतंकी अखडाहरू नष्ट गर पाकिस्तानबाट, आतंकी परिचालन बन्द गर, मानवअधिकारको उल्लंधन बन्द गर, धार्मिक अतिवादको अन्त्य गर, कट्टरपन्थी मुर्दावाद, विश्व शान्ति कायम गर, संघीय हिन्दु गणतन्त्र नेपाल–जिन्दावाद सहितका नारा लेखिएको प्लेकार्ड उनीहरुले बोकेर प्रदर्शन गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै