जुनसुकै आन्दोलन गर्दा मासिनहरु टायर बालेर विरोध प्रदर्शन देखाउने बानी त्यागौं किन भने टायरको धुवाले मानव स्वास्थ्य माथि प्रतिकुल असर परिरदा यसको विकल्प खोज्नु आजको आवश्यक्ता रहेको छ ।
टायरमा आगो लगाएपछि त्यसबाट वातावरण दुषित मात्रै नभई मानिसले लिने अक्सिजनलाई नष्ट गर्दछ र त्यसबाट निस्किने विषाक्त धुवाले मानिसको स्वास्थ्य माथि नराम्ररी प्रभाव पर्ने भएको हुँदा यसको विकल्प आन्दोलनमा लागेका नेताजीहरु खोज्नुपर्ने आजको प्रमुख आवश्यक्ता रहेको हो ।
गौरमा अहिले भईरहेको गौर राइस एण्ड फ्लोर मिल्सलाई बचाउने अभियानमा लाग्नु भएको आदरर्निय नेताजीहरु टायर बालेर मात्रै तपाईहरुको आन्दोलन सफल हुन्छ भने सोच राख्नु भएको देखिन्छ, त्यती मात्रै नभई उक्त कार्यको विरोध जनाउदा उल्टै प्रतिबादमा आउनु हुन्छ तर यति हेक्का होस राईस मिल्सको जग्गा तपाईको मात्रै नभई सिंगो रौतहटबासीको धरोहर हो, सबैलाई पिर छ उक्त जग्गा कसरी सुरक्षित रहला, सम्बध निकाय अगाडी टायर बाल्नु हुन्छ त्यसको प्रभाव आम नागरिकले भोग्नु पर्दा त्यस्ता आन्दोलनका औचित्य माथि प्रश्न उठ्न जाँन्छ त्यसैले टायर बाल्नुको विकल्प खोजौं अनी सभ्य रुपमा आन्दोलन गरौं ।
अहिले नै गौर नगरपालिकाको कार्यालय अगाडी बाल्नु भएको टायरको धुवा नगरपालिकामा नगई त्यसको विषाक्त धुवा पश्चिम पटीको घरमा गएको हुँदा त्यहाँ बस्ने स साना बालबालिकाहरु प्रभावित भएको छ । उक्त कार्यको विरोध जनाउदा केही अशिष्ट एवं लठैतहरुको प्रतिबाद गरेको देख्दा दंग परे । नेताजी आन्दोलन गराउदै हुनुहुन्छ त्यसको जवाफदेहिता लिने हेक्का राख्नुस, स्वस्थ विरोध गर्नुस, तपाईको आन्दोलन सफल हुने छ तर यस्ता अशिष्ट व्यक्तिहरुलाई राखेर आन्दोलन गर्नुहुन्छ भने सफलताका आशा कमै हुने गर्दछ ।
गौर राइस मिल्सको समाचार पटक पटक तराई टप मा आइरहदा पनि तपाईका केही अशिष्ट कार्यकर्ता एवं नेताहरु म संगको प्रतिबाद गर्दा खेरी यो स्तम्भ लेख्न बाध्य भएको छ, नगरपालिका अगाडी उभिएका स्थानीयहरु रमिते बनेर बसे तर उक्त घरमा धुवाको के कस्तो असर पर्यो तपाई थाहा नलिई हिड्नु सस्तो लोकप्रियता लिने सरह देखिन्छ ।
तपाईको संघिय सरकार छ, त्यहीबाट यी सबै समस्याको समाधान खोज्नुपर्ने तर ठाउँ ठाउँमा टायर बाल्न लगाएर गौर नगरलाई दुषित बनाउने कार्य गरिराख्नु भएको छ त्यसलाई करेक्सन गरी बैकल्पिक उपाय अपनाउदा नगरवासी स्वस्थ एवं सभ्य बन्ने छ अन्यथा सामान्य कुराको विरोध गर्न टायर बाल्ने कार्य बन्द हुदैनन् ।
यस्ता टायर बालेर विरोध गर्नेहरुको समाचार बहिष्कार गर्नुपर्ने हुन्छ, किन भने आम मानिसको स्वास्थ्य भन्दा टायर बालेर आन्दोलन होइन ? विचार गर्नुपर्ने देखिन्छ ।
लोकतन्त्रमा विरोध गर्नु नैसर्गिक अधिकार हो, हक अधिकारको लागि आन्दोलन नै अन्तिम विकल्प हुन्छ तर कस्तो खालको आन्दोलन गर्ने, लोकतान्त्रिक संघिय गणतन्त्रको अभ्यास गर्दा प्ले कार्ड बोकेर पनि आन्दोलन हुन्छ, धर्ना बसेर पनि आन्दोलन हुन्छ, आमरण अनसन बसेर पनि आन्दोलन हुन्छ तर टायर बाल्न लगाएर आफनो समाचारलाई हाइलाइट गरेर देखाउने बानी त्यागौं, विरोधको नयाँ स्वरुपको खोजी गरौं । आशा छ तपाईहरुको आन्दोलन सकारात्मक एवं सभ्य हुने छ ।
हाम्रो काम हो समाचारको माध्यमबाट सम्बध निकाय समक्ष कुरा पुर्याइदिने न कि अहिले केही बेर अघि आँखा तेश्राउदा आएका भाईलाई मैलेपनि त्यसरी जवाफ फर्काउन सक्थ्यौं तर म एउटा कलमजीवी भएर तपाई जस्तो अशिष्ट बन्दीन । जय कलमजीवि, जय पत्रकारिता ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन