चितवन महाधिवेशनको तयारी धुमधामबाट हुँदै, गैंडाको मस्कट लोगो प्रदर्शन

   मंसिर ९, २०७८  
837 Shares

तराई टप संवाददाता
चितवन, ९ मंसिर । नेकपा एमालेको १० औंं राष्ट्रिय महाधिवेशन शुक्रवार देखि चितवनमा सुरु हुँदैछ ।
मंसिर १० देखि १२ सम्म हुने महाधिवेशनमा देशभरीबाट पार्टी प्रतिनिधि, नेता एवं विदेशबाट पनि अतिथिहरु आउने क्रम चितवनमा जारी रहेको हो । एमालेले १०औँ राष्ट्रिय महाधिवेशनको लोगोमा राखेको गैँडाको मस्कटको मूर्ति तयार पारिएको छ ।
एमालेले गैँडाको मस्कट सहितको लोगो २६ कात्र्तिकमा सार्वजनिक गरिएका थिए । लोगोमा मस्कटले कम्युनिष्ट पार्टीको झण्डा बोकेको छ । एमालेले साढे तीन लाख रुपैयाँ खर्चिएर गैँडाको मस्कट तयार गरेको हो । चितवन एकसिंगे गैँडाका लागि पनि प्रख्यात रहेकोमा महाधिवेशनको लोगोमा गैँडाको मस्कट राखिएको एमालेले जनाएको छ ।
भरतपुर महानगरपालिका–९ गोन्द्राङका मूर्तिकार सूर्यले गैँडाको मस्कटको मूर्ति पहिलो पटक बनाएका हुन् । उनले व्यावसायिक रुपमा मूर्ति बनाउन थालेको २० वर्ष भइसक्यो । विशेषगरी उनले गैँडालगायतका जंगली जनावर, बुद्ध र शहिदका मूर्ति बनाउने गरेका छन् । उनले सुनसरी, उदयपुर, बुटवल लगायतका स्थानमा गएर पनि मूर्ति बनाउने गरेका छन् । न्युज कारखाना

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै