नक्कली नेपाली नोट बनाउने गिरोहका एक महिला सहित पाँच जना सर्लाही प्रहरीद्धारा पक्राउ

0 Shares
सर्लाही, २८ फागुन । नक्कली नेपाली नोट बनाउने गिरोहका एक महिला सहित पाँच जनालाई सर्लाही प्रहरी पक्राउ गरेर कारवाही चलाएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवाले जारी गरेको प्रेस नोटमा यस कार्यालयमा प्राप्त विशेष सूचनाको आधारमा मलंगवा नगरपालिका वडा नम्वर ८ गोरखकाली स्थित सड्कमा चेकजाँचको क्रममा तीन वटा मोटरसाइकलमा पाँच जना व्यक्तिहरु भारतबाट आईरहेको अवस्थामा नक्कली नोट बनाउने सामान सहित पाँचै जनालाई पक्राउ गरी कारवाही चलाएका हुन् ।
गत सोमवार राति ८.१५ बजेको समयमा महोत्तरी जिल्लाको सुनवा गाउँपालिका ७ सुन्दरपुरका ४२ बर्षिय खुर्सैद भन्ने सुल्तान मंसुर, रौतहट गढीमाई नगरपालिका वढा नम्वर ९ चिलमिलियाका ५६ बर्षीय रामनारायण सहनी, सर्लाही धनकौल गापा ७ वैरियाका ४८ बर्षीय दुलार सहनी, ब्रम्हपुरी गाउँपालिका वडा नम्वर २ का ५० बर्षीय रामपृत सहनी र ३५ बर्षीय सिहानता कुमारी देवीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए ।
उनीहरुको साथबाट नेपाली नक्कली एक हजार दरको नोट १–१ वटा तल र माथि राखि बचिमा नोट साईजको सेतो कागज राखि बनाइएको बण्डल ८८ थान जम्मा १ लाख ७६ हजार नक्कली नोटको साथै नोट साईजको सेतो कागजको बण्डल ८ थान नियन्त्रणमा लिइएको उनले भने ।
बा.४७ प ८७५७, बीआर ३० सी ४७६६ र बीआर ३० एआई ३०४९ नम्वरको मोटरसाइकलमा सवार एक महिला सहित पाँचै जनालाई मुद्रा सम्बन्धि कसुर शिर्षकमा सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भईरहेको डिएसपी राईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।