बलोच विद्रोहीद्धारा ट्रेन हाईजेक, कम्तीमा १५० यात्रुलाई मुक्त गराइएको पाकिस्तानी सरकारको दाबी

0 Shares

पाकिस्तान, २८ फागुन । विश्वमा पहिलो पटक ट्रेन हाइजेक (अपहरण) गरिएको पहिलो पटक सुन्नु परेका छन् ।
यस्तै उदाहरणीय एवं नमूना कार्य पाकिस्तानमा बलोच विद्रोहीहरुले गरेर विश्वमा अनौठो रेकर्ड बनाएर विश्वलाई दहशतमा पारेका हुन् ।
पाकिस्तानको बलोचिस्तान प्रान्तमा सशस्त्र लडाकुहरूको एक समूहले यात्रुवाहक रेलमा आक्रमण गरी बन्धक बनाएका बनाएका थिए । बन्धक बनाएकाहरु मध्ये कम्तीमा १५० जनालाई मुक्त गराइएको पाक सुरक्षा अधिकारीहरूले जनाए ।
पाक गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिका अनुसार सुरक्षाकर्मीहरूले गरेको कारबाहीमा परी १६ जना लडाकुको मृत्यु भएको छ । यद्यपि बीबीसीले उक्त सूचनाको स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैनन् ।
बलोच लिबरेशन आर्मी (बीएलए) का लडाकुहरूले मङ्गलवार क्वेटाबाट पेशावर जान लागेको जफर एक्स्प्रेस रेलमा गोली प्रहार गर्दै यात्रुहरू सबार ट्रेनलाई आफ्नो नियन्त्रणमा लिएका थिए । उक्त रेलमा ४०० जनाभन्दा बढी यात्रु चढेको बताइएको छ ।
उक्त पृथक्तावादी समूहले रेलमा धावा बोल्नुअघि पहाडी भेगमा अवस्थित सिबी जिल्लामा रेलको पटरीमा बम आक्रमण गरेको र रेल नियन्त्रणमा लिएको दाबी गरेको थियो ।
बन्धकहरूलाई मुक्त गर्न सेनाले कारबाही जारी राखेको छ । सो अभियानमा सुरक्षाकर्मीहरूले हेलिकप्टर पनि प्रयोग गरेका छन् । रेलमा अब कति बन्धक बाँकी छन् भन्ने स्पष्ट छैन । यद्यपि पाकिस्तानी सेनाका एक वरिष्ठ अधिकारीले बीबीसीसँग कुरा गर्दै उक्त रेलमा १०० भन्दा बढी सैनिक चढेको पुष्टि गरेका छन् । उद्धार हुनेहरू मध्ये केही व्यक्ति घाइते छन् । उनीहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
उक्त क्षेत्रमा रेलसेवा स्थगित गरिएको छ

किन भयो आक्रमण ?

स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार लडाकुहरूले बलोच राजनीतिक बन्दीहरूलाई ४८ घण्टा भित्र मुक्त गर्नुपर्ने माग राखेका थिए । आफ्नो माग पूरा नभए बन्धकहरूको हत्या गर्ने धम्की उनीहरूले दिएका थिए ।
बीएलए पाकिस्तानको सत्तालाई चुनौती दिने विद्रोही सङ्गठन रुपमा रहेको छ । उक्त समूहले बलोचिस्तानको स्वतन्त्रता माग गर्दै आएको छ । बलोचिस्तान सरकारका एक प्रवक्ताले मङ्गलवार ’डन’ पत्रिकालाई रेलमा “गोली चलेको“ विवरण प्राप्त भएको बताएका थिए ।
एक वरिष्ठ प्रहरी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले उक्त रेल पहाडहरूको बीचमा अवस्थित एउटा सुरुङमार्गका अगाडि रोकिएको विवरण प्रकाशित गरेको छ ।


गत नोभेम्बर महिनामा क्वेटास्थित रेल्वे स्टेशनको एउटा प्रतीक्षालयमा बम विस्फोट हुँदा एक आत्मघाती आक्रमणकारी सहित २५ जनाको मृत्यु भएको थियो । बीएलएले उक्त घटना आफूले गराएको दाबी गरेको थियो ।
अगस्ट महिनामा लडाकुहरूले बलोचिस्तान प्रान्तस्थित एउटा राजमार्गमा बस र ट्रकबाट मानिसहरूलाई बाहिर निकालेर परिचयपत्र जाँच्दै गोली हानेको विवरण आएको थियो । उक्त घटनामा कम्तीमा ३९ जनाको ज्यान गएको थियो ।बीएलएले सर्वसाधारण मानिसको भेषमा यात्रा गरेका सैनिकहरूलाई आफूले निसाना बनाएको दाबी गरेको थियो ।

मुक्त भएका यात्रुहरू के भन्छन् ?

बीएलएले मङ्गलवार आफूले बन्धक बनाएका मानिसहरूलाई मुक्त गर्ने प्रयास गरिए “परिणाम गम्भीर हुने” चेतावनी दिएको थियो । “हामी कसरी भाग्न सफल भयौँ भन्ने कुरा शब्दमा व्यक्त गर्न सक्दिन । निकै डर लागेको थियो,“ मुहम्मद बिलालले एएफपीसँग भने । अल्लाहदित्ता नामक ४९ वर्षिय अर्का यात्रुका अनुसार लडाकुहरूले आफूलाई मुटुरोगी भएको कारण छोडेका थिए । आक्रमणकारीहरू रेलभित्र छिरेपछि यात्रुहरू आत्तिँदै “सीटमुनि लुक्न थालेको” बताए ।
रेलबाट मुक्त भएका मुहम्मद अशरफ नामक व्यक्तिले लडाकुहरूले आक्रमण गर्दा केही यात्रुको मृत्यु भएको बताए । “यात्रुहरू माथि पनि आक्रमण भयो । आक्रमणकारीहरूले धेरै ठूलो हानि पुर्याए । यात्रुहरू घाइते भए, केहीको त ज्यानै गयो ।” श्रोतः बीबीसी

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।