app zoom free download www.zoom/download.us zoom 64 bit download windows 10 basic instructions for joining zoom meeting zoom pc download fre room zoom free download full version zoom msi install commands - zoom msi install commands

एमालेको १० औं राष्ट्रिय महाधिवेशन चितवनमा सुरु

   १० मंसिर २०७८, शुक्रबार १४:५७  

तराई टप संवाददाता
चितवन, १० मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माओवादी लेलिनवादी) को १० औं राष्ट्रिय महाधिवेशन चितवनमा सुरु भएको छ ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, माओवादी केन्द्रका नेता लिलामणि पोखरेल लगायतका नेताहरु मञ्चमा उपस्थित रहेको हो । भारत लगायतका विभिन्न विदेशी देशबाट निम्ताइएका पाहुनाहरु मञ्चमा आसिन छन् ।
महाधिवेशनको उदघाटन समारोहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्नु भएको छ । एमाले महाधिवेशनको उदघाटन समारोहलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरिसक्नु भएको छ ।
चितवनको बिभिन्न स्थानबाट निकालिएका जुलुस उदघाटन समारोहस्थल नारायणी नदी किनारमा जम्मा भएका छन् । नारायणी नदी किनारमा उदघाटन समारोह गरेपछि शनिबारदेखि सौराहमा बन्दसत्र सुरु हुने छ । बन्दसत्रले आगामी पाँच वर्षका लागि एमालेको नयाँ नेतृत्व चयन गर्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै