काठमाडौं, २८ फागुन । नेकपा संयुक्तको हालै सम्पन्न भएको केन्द्रीय कार्य समितिको बैठकले मुलुकमा बढ्दै गएको अराजकतालाई समाप्त पारी देशलाई नयाँ दिशा प्रदान सशक्त जनआन्दोलन एक मात्र विकल्प रहेको ठहर गरेको छ ।
फागुन २०–२२ गते नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीको अध्यक्षतामा सम्पन्न भएको केन्द्रीय कार्य समितिको बैठकमा मुलुकको वर्तमान अवस्था माथि गम्भीर भएर छलफल गर्दा जटिल परिस्थितिमा मुलुक गइरहेको हुँदा देशलाई निकास दिलाउन एक मात्र विकल्प सशक्त जनआन्दोलन रहेको हो ।
उक्त बैठकमा अध्यक्ष जोशीले राजनीतिक प्रस्ताव र महासचिव केदारचन्द्र शर्माले साँगठनिक प्रस्ताव पेश गरेर वृहद रुपमा छलफल गरिएका थिए । बैठकले देशको वर्तमान रानीतिक विगतको भन्दा झन् अराजक तथा अस्थिरताको चरणमा प्रवेश गरेको तथा देश डरलाग्दो मोडमा उभिएको छ ।
डरलाग्दो अनिश्चित भविष्य तिर अगाडी बढिरहेको राजनीतिक अस्थिरता, भ्रष्टाचार उन्मुलन एवं सुशासन जस्ता आडम्बरी नारा दिदै दिनदनै फेरिने अनैतिक तथा सत्ता गठबन्धनले शक्तिको लुछाचुँडीमा मात्रै केन्द्रीयत रहेको नेकपा संयुक्तको केन्द्रीय कार्य समितिको बैठकले ठहर गरेको छ ।
जनताहरुले भोगिरहेको महगी, भ्रष्टाचार, बेरोजगारी, नागरिक असुरक्षा जस्ता समस्या र देशमा व्याप्त हत्याहिंसा र बालात्कार लगयातका जघन्य अपराधिक घटनाहरु वृद्धिबाट वर्तमान सत्ता संचालक असक्षम भईसकेको समेत ठहर गरे । सरकार र सरकारी आयोगहरु माफियातन्त्रको नाईके दलाल पूजीपति कमिशनखोर विचौलियाहरुको चंगुलबाट मुक्त हुन सकेको छैनन । न त सत्ताको ध्यान गएको छ, यसले आम जनमानसमा व्यापक निराशा र आक्रोश छाएको छ ।
देशमा व्याप्त दुर्भाग्यपूर्ण परिस्थितिको फायदा उठाएर पुनर्उथानवादी शक्तिहरु दिगभ्रमित पार्दै सहिदहरुको वलिदानीबाट प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था माथि निरन्तर रुपमा प्रहार भईरहदा पनि सरकारबाट ठोस कदन नउठ्नु देशमा लोकतान्त्रिक शासन व्यवस्था नभई विचौलियाहरुले चलाइरहेको संयुक्तको ठहर छ ।
अहिलेको परिस्थितिलाई समाप्ती गरेर देशलाई नयाँ दिशा प्रदान गर्ने हेतु सशक्त जनआन्दोलन खडा गर्ने बाहेक अर्को कुनै विकल्प नरहेको नेकपा संयुक्तको केन्द्रीय कार्य समितिले ठहर गरेका छन् ।
देशको वर्तमान अवस्था र पार्टीको साँगठनिक अवस्थालाई मनन गर्दा पार्टीले आफनो साँगठनिक गतिविधिलाई तिव्रता दिने ठोस नीति लिएको छ । केन्द्रीय समितिको वैठकले २० बुंदे राष्ट्रिय र अन्तरराष्ट्रिय मागरु पारित गरेको पार्टीका महासचिव केदारचन्द्र शर्माद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएका छन् ।