राष्ट्रिय एकता, स्वाधिनता र संविधानको रक्षा गर्दै समृद्ध नेपाल सुखी नेपाली एमालेले मात्रै बनाउने सक्ने अध्यक्ष केपी ओलीको उदघोष

392 Shares

तराई टप संवाददाता
चितवन, १० मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता, स्वाधिनता, संविधानको रक्षा गर्दै संघिय लोकतान्त्रि गणतन्त्रको मर्मलाई साकार पर्ने एक मात्र पार्टी नेकपा एमाले रहेको बताउनु भएको छ
चितवनमा एमालेको १० औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहनु भएका ओलीले हामी शान्तिका पक्षमा छौं, कुनैपनि बहानामा साम्प्रदायिकता फैलाउने, सदभाव विथाल्ने, प्रदेश विच खाडल उत्पन्न गराउने घृणित कार्यको भण्डाफोर गर्दै राष्ट्रिय एकता, स्वाधिनता, संविधानको रक्षा गरी संघिय लोकतान्त्रि गणतन्त्रलाई जोगाउने एक मात्र दल एमाले रहेको स्पष्ट पार्नु भएको हो ।
जनताको सवैभन्दा विश्वाशसिलो पार्टीको रुपमा स्थापित रहेका एमालेको पक्षमा जनलहर उठेको छ, राणकालिन समय, निरंकुश राजशाही, देखि लिएर विभिन्न कालखण्डमा जनता सामु खरो उत्रेर देशमा अमन चैन एवं लोकतन्त्रको पक्षमा निरन्तर रुपमा आहुती दिने एमाले प्रति जनताको उच्च विश्वास बढेको चर्चा गरे ।
आर्थिक, सामाजिक, साँसकृतिक, राजनितिक समस्या समाधान गरी समुद्ध नेपाल सुखी नेपाली बनाउने एमालेको अभियानलाई नेपाली जनताहरुले साथ दिइरहेकोमा खुशी व्यक्त गर्दै अध्यक्ष ओलीले एमाले समाज परिवर्तत संगै अग्रगामी परिर्तनको पथमा निरन्तर अघि बढेको बताए । बलिदानीको ७२ औ बर्ष पार गरिसकेको अवस्थामा कहिले उतार चढाव भईरहेपनि सधै पार्टी क्रमबद्ध रुपमा सफलताको शिखर चुम्दै अघि बढेको बताए ।
हामी जनता माथि विश्वास गछौं, हामी जनताको मन जितेर शासन व्यवस्था चलाउने पक्षमा छौं नकी पर्मादेशको आधारमा सरकार चलाउने हौं उनले कटाक्ष गर्दै जनताले दिएको अधिकार प्रयोग गर्ने माथि हामी विश्वासमा थिए तर दुई पटक संसद पुस्थापना गरेर पर्मादेशको आधारमा सरकारको वैशाखी समातेकाहरुलाई अब आउन लागेको स्थानीय, प्रादेशिक र संघिय निर्वाचनमा जनताले पत्ता साफ गरी नेकपा एमालेलाई एकल बहुमतको सरकार बनाउने जनादेश दिने ठोकुवा गरे ।
आउदो ९ बर्ष भित्र दिगो विकासको नितीहरुलाई कार्यान्वयन गराउदै नेपाललाई विकसित एवं आत्मनिर्भर देशको रुपमा स्थापित गराएर छाड्ने प्रतिबद्धता जनाउदै अध्यक्ष ओलीले पारस्परिक आधारमा छिकेकी मुलुक संग सम्बन्ध राम्रो बनाउने पक्षमा रहेको र छलफल एवं विचार विमर्शद्धारा उत्पन्न असहज अस्थालाई निर्मुल बनाई असल सम्बन्ध स्थापित गराउने छु, उनले भने । नेपाली जनताको जिवनमा सकारात्मक परिवर्तन ल्उानको लागि लोकतन्त्र अति नै आवश्यक रहेको चर्चा गरे ।
नेपाली भु भाग लिम्पुवाधुरा सहितको भु भागलाई नेपालीको कब्जामा ल्याउनका निमित्त भारतीय पक्ष संग कुरा गरेर फिता ल्याने छौं, नेपाली नक्सामा रेखांकन गराउने कार्य आफूले गराएको दाबी गरे । संविधान जनताको लागि हुन्छ, जनतालाई आवश्यक परेको वेलामा औचित्यको आधारमा संसोधन गर्न सकिन्छ उनले भने । हिंसा एवं विखण्डकारीहरु लाई शान्तिपूर्ण वार्ताको माध्यमबाट अलग गराइसकेको चर्चा गर्दै उनले नेपालबाट समूहत हिंसाको अन्त्य भईसकेको बताए ।
देशमा आन्तरिक एवं बाह्रय लगानीको वातावरण सृजना भईसकेको हुँदा विदेशीहरु पनि नेपालमा आएर लगानी गरेर यहाँको विकास निर्माणमा टेवा पुर्याउन आग्रह गरे । हाम्रो पहुच समुद्र र अन्तरिक्षमा पनि विस्तारै विस्तारै कायम गर्नुपर्नेमा जोड दिए । जलमार्गको व्यवस्थापनको लागि भारत संग कुरा भईसकेको हुँदा नेपाल अब पहिलाका नेपाल नभई भुपरिवेशिक एवं भू सम्प्रवेशिक देशको रुपमा आफूले अगाडी बढाएको स्पष्ट पारे ।
प्रधानमन्त्री देउवालाई आफूले शुभकामना मन्तव्य दिन बोलाएको हुँदा उनी माथि टिकाटिप्पणी गर्नु नमिल्ने भएको भन्दै ओलीले कम्युनिष्टको सरकारलाई खटा तानेर तपाइको खुटामुनी गएकाहरु राम्ररी काम गर्न दिएन होला ? उनले सकारात्मक प्रश्न समेत गरे ।
आउदो तिनै तहको निर्वाचनमा एमाले सबै भन्दा ठूलो दलको रुपमा स्थापना हुने ठोकुवा गर्दै सम्पूर्ण नेपाली जनताहरुको आशा र भरोसालाई माथि उठाउदै समृद्ध नेता सुखि नेपाली बनाउने एमाले हुने दाबी गरे ।
उलने महाधिवेशनमा भाग लिन आएको देशी विदेशी पाहुनाहरुलाई शुभकामना एवं स्वागत गर्दै एमाले कार्यकर्ता एवं नेताहरुलाई प्रिय भनेर सम्बोधन गर्नु भएको थियो । एमालेको अधिवेशनको उदघाटन सत्रमा चितवनमा लाखौं मानिसहरुको भिड लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार