पलिकामा आर्थिक अनियमितता एवं भ्रष्टाचारी गर्नेलाई कालोमुसो दल्नुपर्छ जिल्ला इन्चार्ज भटराई

706 Shares

तराई टप संवाददाता
रौतहट, ११ मंसिर । नेकपा माओवादी केन्द्रको शनिवार देशैभरीको पालिकामा अधिवेशनको आयोजना गरिएको छ ।
रौतहटको दुर्गा भगवती गाउँपालिकामा पालिका स्तरिय भेलाको आयोजना मत्सरी दुर्गा मन्दीर परिसरमा भव्यताको साथ आयोजना गरिएको हो । आयोजित कार्यक्रमको प्रमुख अतिथि युवराज भटराई (समिर) ले सर्वहारा वर्गको उत्थान, समाजबाट उपेक्षित रहेका समुदायलाई माथि उकासी आत्मनिर्भर बनाउने, भेदभाव छुवाछुत प्रथालाई उन्मुलन गर्दै नेपाली समाजलाई प्रगतिको पथमा लैजान माओवादी हर सम्भव प्रयासरत रहेको चर्चा बताए ।
२०६२÷०६३ को जनआन्दोलनको जगमा स्थापित भएको संघियतालाई विगतको राज्य सत्ताधारीहरुले धरासायी बनाउने काम गर्यो तर प्रगतिको पथमा हिडिरहेका दलहरुको कारण संघियतालाई रक्षा गरिदै निरंकुशवादी एवं पुरातन पंचायती सोच भएका व्यक्तिलाई पाखा लगाएर प्रगतिशिल विचारधारा भएको पार्टीको सरकार नेपालमा स्थापित भएको चर्चा गरे ।
गाउँ गाउँमा सिंहदरबारको अवधारणा सहित गरिएको परिकल्पना अनुसार स्थापित भएको पालिकाहरुमा मौलाउदै गएको भ्रष्टाचार एवं अनियमितताको कारण जनमानसमा वितृष्णा बढ्दै गएको छ । विकास निर्माण देखि समाजिक विकासको कार्यमा भईरहेको चरम अनियमितता विरुद्ध माओवादी कार्यकर्ताहरु जागरुक हुनुपर्ने समय आएको चर्चा गरे ।
दुर्गा भगवती गाउँपालिकामा मौलाएको भ्रष्टाचारलाई नियन्त्रण गर्न स्थानीय माओवादीका साथीहरु जागरुक भएर अघि बढ्नुपर्ने निर्दे्िशत गर्दै जिल्ल इन्चार्ज भटराईले आर्थिक अनियमितता गर्ने जो सुकै व्यक्ति किन नहोस जनता सामु नग्याई कालोमुसो दलेमा भ्रष्टाचार गर्नेहरुको संख्यामा कमी आउने तथा विस्तारै नियन्त्रण हुदै जाने भएको हुदा माओवादी कार्यकर्ताहरु सजग भएर अघि बढ्न सुझाव दिए ।
माओवादीको तर्फबाट दुर्गा भगवती गाउँपालिकामा अध्यक्ष पदको उम्मेदवार एवं युवा नेता शम्भु सिंहले स्वच्छ, निष्पक्ष, इमान्दारितको साथ पालिकामा काम गर्ने व्यक्तिको खाँचो रहेको छ । दुर्गा भगवती गाउँपालिकामा चरम भ्रष्टाचार, आर्थिक अनियमितता, एकल शासन व्यवस्थाबाट जनता आजिज भइसकेको आरोप लगाउदै पालिकामा इमान्दार व्यक्तिको खाँचो रहेको हुँदा आउदो स्थानीय तहको निर्वाचनमा आफू पालिका अध्यक्ष पदमा उम्मेदवारी दिई पालिकाबासीको इच्छा एवं चाहनामाथि खरो उत्रिने बताए । यो पालिकालाई नमूना पालिकाको रुपमा विकसित गराउने लक्ष्यको साथै देशमै भ्रष्टचारमुक्त पालिकाको रुपमा स्थापित गराउने प्रतिबद्धता जनाए ।
दुर्गा भगवती गापा ३ को वडाध्यक्ष एवं माओवादी केन्द्रको जुझारु युवा नेता धर्मेन्द्रकुमार झा (डिके) ले आफू वडामा निर्वाचित भए देखि नै पालिका अध्यक्षले सौतेला व्यवहार यस वडामा गरिरहेको सर्वविदितै छ, ५ वटा वडा मध्ये सबै भन्दा कम बजेट विनियोजित गर्ने गरेको आरोप लगाए । जेनतेन कार्यकालको अन्तिम चरणमा पनि चरम भेदभाव गरियो । हालै गोप्य तरिकाबाट प्रक्रिया पुरा नगरी निकालिएको टेण्डरमा पनि मत्सरीलाई वाइपास गरेर चार वटा वडामा बहुबर्षिय बजेट छुट्याएर आफ्नै मान्छेलाई टेण्डर दिन लाग्दा कुरा खुस्किदा विभिन्न संचारमाध्यममा प्रकाशित भएपछि सबै प्रक्रियाहरु बन्द भए, यो एउटा उदाहरण मात्रै हो यस्ता कति गोप्य गरेर करोडौं कुम्ल्याएको होला भन्न सकिने अवस्था छैन । त्यसैले माओवादी कार्यकर्ताहरु अनियमितता एवं भ्रष्टचार विरुद्ध शुन्य सहनसिल्ताको अवधाणा अबलम्वन गरेर भ्रष्टाचार गर्ने जोकोही पदाधिकारी विरुद्ध भण्डाफोर अभियान संचालन गरेर जनताको लागि आएको रकम जनता समक्ष पुर्याउन माओवादी कटिबद्ध हुनुपर्ने विश्वास व्यक्त गरे ।
माओवादी केन्द्र नेता विपिन जयसवाल, वडाको तर्फबाट रामानन्द यादव, भरत दास, लक्ष्मि साह सहितका विभिन्न नेता एवं कार्यकर्ताहरुले अधिवेशनको सफलताको शुभकामना दिए । आजै बन्द सत्रबाट नयाँ पालिका स्तरिय कार्य समितिको चयन गरिने समेत बताइएको छ ।

माओवादी नेता शम्भु सिंहको अध्यक्षता ५५ सदस्यीय दुर्गा भगवती गाउँपालिका समिति सर्व सहमतीबाट गठन गरिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार