सर्लाही, ८ चैत । सर्लाहीको बरहथवा स्थित परीक्षा केन्द्रमा अमर्यादित कार्य गर्ने विद्यालयका कार्यालय सहयोगीलाई प्रमुख जिल्ला अधिकारीको टोलीले नियन्त्रणमा लिएका छन् ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत शुक्रवार दोश्रो दिन अनिवार्य नेपाली विषयको परीक्षामा बरहथवा स्थित एक परीक्षा केन्द्रबाट अमर्यादित कार्य गरिरहेको अवस्थामा विद्यालयका कार्यालय सहयोगीलाई प्रमुख जिल्ला अधिकारीले नियन्त्रणमा लिएका हुन् ।
प्रमुख जिल्ला अधिकारी तुल्सीबहादुर श्रेष्ठको कमाण्डमा रहेका परीक्षा अनुगमन समितिले बरहथवा नगरपालिका वडा नम्वर ५ हाथिडण्ड स्थित जनहित मलभोगिया मुनिलाल माध्यमिक विद्यालयका कार्यालय सहयोगी देवनाथ महतोलाई अमर्यादित कार्य गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको जनाइएको छ ।
जिल्लाभरीका परीक्षा केन्द्रहरूमा आजको एसइइ परीक्षा सामान्य र मर्यादित रुपमा सम्पन्न भएको शिक्षा समन्वय इकाई सर्लाहीले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन