पहिलो किस्ताको रमक निकासा नहुँदा ८ वटा स्थानीय तहमा कार्यरत कर्मचारी शिक्षकहरु तलव पाउनबाट बंचित

   ५ कार्तिक २०७७, बुधबार १८:०८  

रौतहट, ५ कार्तिक । रौतहटको १८ स्थानीय तह मध्ये ८ वटा स्थानीय तहको पहिलो चौमासिकको रकम निकासा नहुँदा उक्त स्थानीय तहमा कार्यरत कर्मचारी तथा शिक्षकहरु तलब पाउनबाट वंचित भएका छन् ।
चालु आर्थिक बर्ष २०७७÷०७८ को नगर तथा गाउँ सभा सम्पन्न गरेर योजना बाँडफाँड गरेको कार्यहरु सुत्रमा अभिलेखिकरण गरेर प्रमुख कार्यकारी अधिकृतलाई लिखित रुपमा अख्तियारी दिनुपर्ने स्पष्ट प्रावधान रहेको छ तर रौतहटको ८ वटा स्थानीय तह उक्त प्रावधानको पालना नगर्दा निकासा दिन नसकिएको कोष तथा लेखा नियन्त्रणको कार्यालय गौरले जनाएका हुन् ।
पहिलो चौमासिक रकम निकासा गर्नका लागि शर्त पुरा गर्ने गौर, चन्द्रपुर, गरुडा, राजपुर, मौलापुर, इशनाथ, गढीमाई, वृन्दावन, माधवनारायण र परोहा नगरपालिकाको निकासा समयमै गइसकेको जानकारी निमित्त प्रमुख कोष नियन्त्रक इश्वरी प्रसाद ढकालले दिए । यसबाहेक यमुनामाई गाउँपालिकाको नगरसभा सम्पन्न भएपनि प्रमुख प्रशासकीय अधिकृतको विवाद अदालतमा चलिरहदा त्यहाँबाट निराकरण नभए सम्म निकासा गर्न असमर्थ रहेको उनले स्पष्ट परे ।
पहिलो चौमासिक रकम निकासा नभएका राजदेवी, बौैधीमाई, देवाही गोनाही, कटहरिया, गुजरा, फतुवा विजयपुर नगरपालिका तथा दुर्गा भगवती गाउँपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरु चाँडपर्वमा तलव सुविधाबाट बंचित भएका छन् ।
जनप्रतिनिधिहरुको कमिकमजोरीका कारण नियमित समयमा नगर÷गाउँ सभा सम्पन्न नगर्दा सोको मर्का अहिले कर्मचारी माथि परेको छ । नगरसभा सम्पन्न भएपनि बन्द सत्रमा योजना बाँडफाँडमा विवाद रहेको हुँदा सभाको कार्य अघि नबढ्दा बडा दशै जस्तो पर्वमा कर्र्मचारीहरु रित्तो हात पर्व मनाउनुपर्ने अवस्था सृजना भएको छ ।
चाँडपर्वमा अन्य व्यक्तिहरु रमाइरहेपनि आफना छोराछोरीको इच्छा आकाँक्षा पुर्ति गर्न नसकिने अवस्थामा पुगेको राजदेवी नगरपालिकाको बसतपुरमा रहेका जनता माविका एक शिक्षकले गुनासो गरे । सबै जना चाँडपर्व मनाउने तर हाम्रो बालबालिकाहरु भोक भोकै बस्नुपर्ने यो कस्तो विडम्बना सृजना भएको भन्दै आक्रोश व्यक्त गरे । हचुवाको भरमा नगरपालिका बनाइएको छ, आन्तरिक आयश्रोत नभएको नपामा माथिबाट आउने रकमकै भरमा कर्मचारीहरुलाई तलव खुवाउनुपर्ने रहेको नपाका जनप्रतिनिधिहरु विच भागबण्डाका लागि आन्तरिक किचलोको शिकार हामी जस्ता निरीह कर्मचारीहरुलाई बन्नु परेको समेत गुनासो गरे ।
निजामती सेवा नियमावलीमा चाँडपर्वको वेला विशेष सुविधा सहितको तलव १५ दिन अगावै पाउनुपर्ने प्रावधान भएपनि दशैको मध्यान्न तिर आउदा समेत तलव पाउने कुनै आशा नदेखिदा अहिलेको शासन प्रणाली प्रति गम्भीर प्रश्न चिन्ह उनले खडा गरे ।
यस्तै फतुवा विजयपुरको अवस्था फरक छैन, त्यहा वैशाख महिना देखि नै स्वास्थ्यकर्मी र शिक्षकहरु तलव पाउन सकेको छैनन् । प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीय तहका प्रमुखले हाजिर नगराई आफनो पायक पर्ने खरिदार, सुब्बा जस्ता पौकेटको कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा ल्याएर काम गराउदा रौतहटको अधिकाँश स्थानीय तहको अवस्था निकै भद्रगोल रहेको आरोप खेप्नु परेको छ । संघिय मामिला मन्त्रालयबाट अनाधिकृत रुपमा तल्लो स्तरको कर्मचारीलाई प्रमुखको आग्रहमा पठाएको कारण अधिकाँश स्थानीय तह ट्रेक भन्दा बाहिर गएको समाजसेवी तथा राजदेवी नगरपालिकाको नागिरक शम्भु सिंह सप्रिमले प्रश्न चिन्ह खडा गरेका छन् ।
च्ाँडपर्वमा कर्मचारीलाई तलव तथा अन्य सुविधाहरु नदिए कुवेलामा लिएर के गर्ला आक्रोश पोख्दै शिक्षकहरुको अन्य आय श्रोत नभएकोलाई समयमा तलव भत्ता दिन व्यवस्थापन गर्न नसकिने स्थानीय तह प्रति दिनप्रतिदिन विश्वास घट्दै गएको गुनासो गरे ।
राजदेवी नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुबोध साहले आफू भर्खरै यस आएकोे हुँदा दशै अगाडी सम्भव नरहेको हुँदा कात्तिक १४ गते पछि नगर अधिवेशन गराउने बताए । यहाँ मेयर र उपमेयर विचको विवादको कारण निर्धारित समयमा नगरसभा नभएको कारण निकासा नभएको हुँदा कसरी तलव दिन नसक्ने अवस्था रहेको स्पष्ट पारे ।
दुर्गा भगवती गाउँपालिकाको प्रमुख अरुण साहले गाउँ सभा भईसकेको तर निकासाको लागि आवश्यक कागजातहरु समेत तयार भईसकेपनि निकासा लिने अब समय नरहेको हुँदा २ करोड ५३ लाख रकम सापटी लिएर शिक्षक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंमसेविका, कर्मचारी र करारमा रहेका सबै कर्मचारीको खातामा रकम पठाइसकेको हुँदा उहाँहरु आफनो तलव वापतको रकम बैंकमा गएर लिन समेत आग्रह गरे । देवाही गोनाही नपाको दुई दिन अघि नगर सभा सम्पन्न भएको हुदा निकासाको लागि चाहिने आवश्यक कागजातहरु तयार भईसकेको हुँदा कोष तथा लेखा नियन्त्रण कार्यालय गौरमा पेश गरी भोली सम्म तलव दिने मेयर धर्मेन्द्र पटेलले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै