गोरखा, ९ चैत । वर्तमान सत्ताधारी तथा विपक्षी दल सहितका नेताहरु प्रति बढ्दै गएका वितृष्णाका संगै पूर्व राजा प्रतिको क्रेज ह्वातै बढेका छन् ।
पूर्व राजा ज्ञानेन्द्र शाहले गोरखाको गोरखपुर स्थित मन्दीरमा शनिवार पुजा अर्चना गरिरहदा स्थानीय बासिन्दाहरुको ह्वातै भिडभाड बढेका हुन् ।
आज बिहान १० बजे पूर्वराजा शाह गोरखा दरबार स्थित गोरखनाथ मन्दिरमा पुजा गर्न उपस्थित भए । त्यहाँ उनलाई मन्दिरका पूजारीहरूले स्वागत गरे । पूर्वराजा शाह करिब २ घण्टा लगाएर गोरखनाथ र गोरखकाली मन्दिरमा पूजाअर्चना गरेको बताइएको छ ।
गोरखनाथको शाहवंशीय राजाहरूको राजपाठ सञ्चालनमा विशेष सम्बन्ध रहेको पाइन्छ । उनकै आशिर्वादले तत्कालीन राजाहरुले युद्ध जितेको बताइन्छ ।
इतिहासहरुमा गोरखनाथको आशीर्वाद र प्रेरणाका कारण द्रव्य शाहले लिगलिगकोट माथि विजय हासिल गर्न सफल भएको इतिहासमा उल्लेख छ ।
गोरखनाथले दिएको दही पृथ्वीनारायण शाहको खुट्टामा परेको र तिमीले टेकेको भूमि तिम्रो राज्य हुने छ भनी आशीर्वाद दिएका कारण नेपाल एकीकरणमा उनी सफल भएको पनि बताइन्छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन