श्रीमानको हत्या गराएको आशंकामा श्रीमती पक्राउ

0 Shares

महोत्तरी, ११ चैत । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको दिगम्बरपुरका शिवशंकर महतोको हत्यामा उनकै श्रीमती संलग्न रहेको आशंकामा महोत्तरी प्रहरीले पक्राउ गरी आवश्यक कारवाही सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार, धनुषा क्षीरेश्वरनाथ नगरपालिका वडा नम्वर ८ दिगम्बरपुरका २५ बर्षिय शिवशंकर महतो बर्दिवास नगरपालिका ५ पशुपतिनगर स्थित श्रीमती र १० बर्षिय छोरा सहित ससुराली घरको लागि निस्किए तर गौशाला नपा ८ स्थित सागरनाथ वन भएर गएका रेल्वे ट्रयाकको एक सय मिटर दक्षिणमा उनको शव शुक्रवार साँझ ५.३० बजेको समयमा फेला परेका थिए ।
शवको प्रकृति हेर्दा घाँटीमा धारिलो हतियारले प्रहार गरी हत्या गरिएको देखिन्छ जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं डिएसपी सन्तुप्रसाद जयसवारले बताए । हत्या पछि शवलाई केही पर घिसारेर लगेको जस्तो देखिन्छ उनले भने । हिजो आईतवार शवको सनाखत भएको जानकारी दिदै अनुसन्धानको क्रममा शिवशंकरको हत्यामा उनकै श्रीमतीको हात रहेको आशंका हुँदा नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको बताए ।
डीएसपी जयसवारले मृतकको श्रीमती सिर्जना महतोलाई हिजो नै पक्राउ गरिएको बताए । ‘हामीले हिजै सिर्जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएका छौं । आज म्याद थप गरेका छौं,’ उनले भने । मोटरसाइकलमा लैजाने व्यक्तिको समेत पहिचान भइसकेको उलने भने ।
अहिले सम्म कुनै रिसिईबी नदेखिए पनि प्रेम प्रशंगमा हत्या भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको बुझिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।