रौतहट, १२ चैत । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णय प्रति आपत्ति जनाउदै रास्वपा सभापति रवि लामिछानेले मैनवत्ती बालेर साँकेतिक विरोध गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले सामाजिक सञ्जालमा मैनवत्ती बालेको भिडियो पोष्ट गर्दै उक्त साँकेतिक विरोध गरेका हुन् ।
मौन देखिएका उनले सांकेतिक रुपमा केहीबेर मैनबत्ति बालेर बसेको देखिन्छ । उनले उक्त पोस्टको क्याप्सनमा लेखेका छन्, ‘कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छ्न् !’
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय पछि सत्तारुढ दलबाटै पनि विरोध सुरु भएको छ । सोही क्रममा रास्वपा सभापति लामिछानेले मैनबत्ती बालेर साँकेतिक विरोध जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन