483
Shares
रौतहट, ११ मंसिर । कोरोनाको नयाँ भेरियन्ट भेटिएपछि अमेरिकाको न्यूयोर्कमा आपतकाल घोषणा गरिएको छ ।
न्यूयोर्ककी गभर्नर क्याथी होचुलले विज्ञप्ति जारी गर्दै डिसेम्बर ३ गतेदेखि लागू हुने गरी आपतकाल घोषणा गरेकी हो ।
हाल फैलिइरहेको कोरोनाको डेल्टा र भर्खरै पहिचान गरिएको ओमिक्रोन भेरियन्टका कारण हिउँदमा संक्रमण बढ्न सक्ने चिन्ताका बीच होचुलले आपतकाल घोषणा गरेको एनबीसी न्यूयोर्कले जनाएको छ ।
होचुलले शुक्रबार जारी गरेको विज्ञप्तिमा न्यूयोर्कका बासिन्दालाई खोप लगाउन समेत अनुरोध गरेकी छन् । ‘महामारीसँग लड्ने सबैभन्दा ठूलो हतियार खोप पनि हो’, उनले विज्ञप्तिमा भनिन्, ‘हरेक न्यूयोर्कबासीलाई खोप लगाउन प्रोत्साहित गर्छु र पूरा डोज लगाइसक्नुभएका व्यक्तिलाई बुस्टर डोज लगाउन समेत मेरो अनुरोध छ ।’