रौतहट, १४ चैत । सीमापारी भारतीय बजारबाट मुख्य नाका भएर गौर भित्राइएको १२ हजारको किराना समान लोड भएको भारतीय नम्वरको अटो रिक्सालाई नेपाल प्रहरीले आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा दाखिला गराएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहट गौरद्धारा विहिवार प्राप्त भएको प्रेस नोटमा, चैत ११ गते अपरान्ह् ५.१० बजेको समयमा गौर नगरपालिका वडा नम्वर १ स्थित सवारी चेकजाँचको क्रममा भारतबाट भन्सार छलेर भित्राइएको १२ हजारको किराना सामान लोड भएका बिआर ०५ पीडि ६५०३ भारतीय नम्वरको अटोरिक्सालाई नियन्त्रणमा लिएका थिए ।
जिल्ला प्रहरी कार्यालय रौतहट गौरका प्रवक्ता एवं डिएसपी दिपककुमार रायद्धारा हस्ताक्षरित प्रेस नोटमा चैत ११ गते नियन्त्रणमा लिई आवश्यक अनुसन्धान पश्चात आज १४ गते आवश्यक कारवाहीका लागि भन्सार कार्यालय दाखिला गरिएको बताइएको छ ।
यसरी सार्वजनिक भाडामा गुड्ने अटोरिक्सामा लोड भएका १२ हजारको सामान सहित ३ लाखको अटोरिक्सा गरेर ३१२००० को सामान भन्सारमा दाखिला गरेको प्रेस नोट आउदा आफैलाई हास्याष्पद लागेको छ । एक सर्वसाधारण गरिव मानिसले दिनभरी अटो चलाएर परिवारको जिवकोपार्जन गर्दै आएको अवस्थामा यसरी उसको परिवारलाई विचल्लि बनाउने कार्य हुनु पक्कै राम्रो कार्य भएको देखिएन । भाडाका सवारी साधनमा जघन्य प्रवृत्तिका सामान बरामद भएको भए बुझाउन अलि सुहाउथ्यो जाबो १२ हजारको किराना सामानको लागि अटो रिक्सा नै चैंट पारिदिनु कहाँको मनासिव हो । यसैले हेडलाईमा रौतहट प्रहरीको ठूलो सफलता, १२ हजारको सामानको लागि ३ लाखको अटोरिक्सा चैट भन्न विवश भयौं ।
स्मरणीय छ, अचेल जिल्ला प्रहरी कार्यालयबाट भन्सार छलीको सामानहरु बरामद कि फरार प्रतिबादी पक्राउ जस्ता प्रेस नोटहरु प्राप्त हुने गरेका छन् । फरार प्रतिबादीको अवस्था हेर्दा २५ रुपैया देखि ५सय हुदै अधिकतम ५ हजारको सम्मको जरिवाना अदालतले गरेको देखिन्छ । ति व्यक्ति विर्षेर पनि अदालतमा उक्त जरिवाना तिर्न नसकेको अवस्था हुन्छ । जरिवाना तोकिएका व्यक्तिका घरदैलोमा सूचना टास गराउनुपर्ने स्थानमा प्रहरीमा उक्त लिष्ट पठाएपनि आफै उपस्थित भई उक्त जरिवाना तिर्दा समेत फरार प्रतिवादीमा नाम हुने गरेको पाइन्छ । प्रहरीका लागि सानोतिनो जरिवाना तिर्नेहरु ठूलो फरार प्रतिवादी बन्छन् तर जघन्य प्रवृत्तिका अपराधमा संलग्न व्यक्तिहरु प्रायः कानुनी घेरामा पर्दैनन् । त्यस्ता प्रवृतिका कार्यलाई सुधार गर्नुपर्ने नितान्त जरुरी देखिन्छ ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट