गरुडाको तरकारी भिषण आगलागि, सात वटा पसल भएका घर जलेर नष्ट हुदा कम्तीमा १३ लाखको क्षति

0 Shares
रौतहट, १५ चैत । रौतहटको मध्यवर्ती क्षेत्र गरुडा नगरपालिकाको गरुडाको तरकारी बजारमा शुक्रवार विहान भिषण आगलागिमा परेर सात वटा घर पूर्ण रुपमा जलेर लाखौंका क्षति भएका छन् ।
गरुडा नगरपालिका वडा नम्वर ४ तरकारी बजारमा आज विहान ९.४० बजेको समयमा खाना पकाउने क्रममा सल्किएको आगो खरले छाएको छानाको घरमा संचालन भएका पसलमा आगोबाट सात वटा घर पूर्णरुपमा जलेर नष्ट हुँदा करिव १३ लाख २० हजार बराबरको सम्पती क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका हुन् ।
गरुडा ८ जिगडियाका शेख कमाउद्दिनले संचालन गरेको मासु पसलमा १ लाख, जयमंगल चौधरीको फुसको खाजा पसलमा दुई लाख, राजेन्द्र साहको फुसको पसल, सुजितकुमार चौधरीको खाजा पसलमा ३ लाख ५० हजार, गरुडा नपा ४ का नेवालाल चौरसियाको किराना पसलमा ३ लाख, कृष्ण दासको कपडा पसलमा ५० हजार र कटहरिया नपा ९ डुमरियाका सत्येन्द्र ठाकुरको फलामको पसलमा ३ लाख गरेर १३ लाख २० हजार मूल्य बराबरको क्षति भएको प्रारम्भीक रिपोर्ट प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपककुमार रायले जानकारी दिए ।
आगो लाग्ना साथ इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक ओमप्रकाश यादवको कमाण्डमा खटिएका प्रहरी टोली र स्थानीय बासिन्दाहरु आगो निभाउन प्रयास गरिएपनि उक्त पसल भित्र रहेका ग्यास सिलिण्डर पड्केर आगो नियन्त्रणमा भन्दा बाहिर गएपछि गौर नगरपालिकाबाट गएको बारुण यन्त्रको मद्दतबाट आगोलाई नियन्त्रण गरिएको डिएसपी रायले बताए ।
करिव एक घण्टामा आगो माथि पूर्ण रुपमा नियन्त्रणमा लिन सफल भएको जानकारी दिदै डिएसपी रायले आगलागि भएको कारण बारे प्रहरीले आवश्यक अनुसन्धान भईरहेको बताए ।
गरुडा नगरपालिकाको आगो निभाउने बारुण यन्त्र काम नलागेपछि स्थानीयहरु मेयर प्रति आक्रोश पोखेका छन् । भागबण्डा एवं सस्तो लोकप्रियताका लागि बजेट दुरुपयोग गर्ने तर सामाजिक हितमा काम लाग्ने बारुण यन्त्र खरिद तर्फ कुनै चासो नराख्दा नगरवासीहरु उनको आलोचना समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।