तिनकुनेमा राजावादीको कार्यक्रम विथोलिए, समाजवादीहरु भृकुटी मण्डप तर्फ अघि बढ्दै

0 Shares
काठमाडौं, १५ चैत । संघिय राजधानी काठमाडौंमा दुई विचारधाराहरुको शक्ति प्रदर्शनलाई अर्थपूर्ण रुपमा हेरिएका छन् ।
राजावादीहरु तिनकुने र गणतन्त्रबादी समाजवादीहरुको भृकुटी मण्डप तिर घोषित कार्यक्रबाट संघिय राजधानीको सुरक्षा व्यवस्था अत्यन्तै चुस्तदुरुस्त पारिएका हुन् ।
तिनकुनेमा राजावादीहरुको कार्यक्रम विथोलिएको खवर प्राप्त भएको छ । राजावादीहरुले प्रदर्शनलाई उग्र बनाउन खोज्दा एवं निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरीले रोकेपछि झड्पको अवस्था सृजना हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेपछि भागाभाग भएको बताइएको छ ।
सभाका लागि विभिन्न ठाउँबाट राजाका समर्थकहरु भेला हुन तिनकुने आउने क्रम जारी थियो । उनीहरुको सभा सुरु नहुँदै तनाव सिर्जना भएको छ ।
यसैगरी काठमाडौंमा गणतन्त्र पक्षधरको प्रदर्शन जारी छ । उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुस निकाल्दै अहिले भृकुटीमण्डप तर्फ अघि बढेको हो । केहीबेरमा मोर्चाका जुलुसहरू कोणसभामा परिणत हुँनेछ ।
भृकुटीमण्डप पुग्नुअघि समाजवादी मोर्चाले झाँकी सहित जुलुस निकालेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जम्मा भएर सुन्धारा–रत्नपार्क हुँदै समाजवादी मोर्चाले जुलुस निकालेको हो ।
समाजवादी मोर्चाका नेता–कार्यकर्ताहरू अहिले सभास्थल भृकुटीमण्डप तर्फ अघि बढिरहेका छन् । अन्य रुटबाट पनि मोर्चाका नेता–कार्यकर्ताहरू आउने क्रमम जारी छ ।
मोर्चामा रहेको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलगायतका नेताहरूले जुलुसको नेतृत्व गरेका छन् । सभास्थलमा पुगेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।