रौतहट, १६ चैत । समाचार संकलन गरिरहेको अवस्थामा आगो लगाएर एक पत्रकारको हत्या गरिएको विरुद्धमा पत्रकारहरु आन्दोलित भएका छन् ।
कोटेश्वरको तिनकुने क्षेत्रमा राजावादीहरुको आन्दोलनको एक्सक्लुसिभ रिपोटिंग गर्न सुरक्षित घरबाट लाइभ गरिरहेको अवस्थामा उक्त भवनमा आगो लागेपनि उनलाई सुरक्षाकर्मीले बचाउन नसक्दा दुखद रुपमा जलेर मृत्युवरण भोग्नु परेको कार्यप्रति पत्रकारहरु हत्याको संज्ञा दिदै आन्दोलित भएका हुन् ।
शुक्रबार भएको राजावादीहरुको आन्दोलनमा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । रजकले भिडियो खिचिरहेको घरमा राजावादी प्रदर्शनकारीहरूले आगो लगाएका थिए । उनको त्यही जलेर मृत्यु भएको थियो ।
उनको हत्याको विरोधमा शनिवार बिहान नेपाल पत्रकार महासंघले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।
आज पत्रकार महासंघको स्थापना दिवससमेत हो तर यही समयमा पत्रकार र मिडियामाथि भएको आक्रमण पछि महासंघले पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरेर विरोध प्रदर्शनमा उत्रिएका छन् ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन