तराई टप संवाददाता
सर्लाही, १२ मंसिर । नेपाली काँग्रेस सर्लाहीमा भईरहेको वडा अधिवेशनको क्रममा विवाद चर्किएपछि प्रदेश मन्त्रीको अंगरक्षकले गोली फायर गरेको छ ।
सर्लाहीको बलरा नगरपालिकाको वडा नँम्वर ८ र ९ मा नेपाली कांग्रेसको अधिवेशनको क्रममा संघिय साँसद अमरेश सिंह र प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र सिंह पक्षधर विच विवाद चरम सिमा पार गर्दै हात हालाहालको हुन थाल्दा मन्त्रीको अंगरक्षकले २ राउण्ड हवाई फायर गरेपछि अवस्था तनावपूर्ण बनेका थिए ।
विवादको कारण बलरा नगरपालिकाको दुई वटै वडाको अधिवेशन रोकिएको छ । बलरा नगरपालिका वडा नम्वर ९ अचलगढमा वडा अधिवेशनको छलफलको क्रममा प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुदमन्त्री सिंह पुगेका थिए । उनले वडामा असन्तुष्टि जनाए पछि अमरेश र विरेन्द्र पक्षबीच विवाद चर्किएको थियो ।
विवाद उग्र रुप लिदै गर्दा मन्त्रीका अंगरक्षकले हवाई फायर खोल । हवाई फायर पछि दुई पक्षबीचमा ठूलो झडप हुने स्थिति देख्दा जिल्ला प्रहरी मलंगवा सहित स्थानीय प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन सफल भएको र हाल अवस्था सामान्य भईसकेको सर्लाहीका एसपी कृष्ण प्रसाईले जानकारी दिए ।
अधिवेशन रोकिएको वडामा जिल्लाका नेताहरु बसेर आवश्यक छलफल पछि अधिवेशन गराउने निर्वाचन अधिकृत भरत राउतले जानकारी दिए । बलरा नपा ९ अचलगढमा दुई पक्ष विच विवाद भएपछि मन्त्रीको अंगरक्षकले गोली चलाएको जानकारी प्राप्त भएको बताउदै निर्वाचन अधिकृत राउतले केही व्यक्ति घाईते भएको छ तिनीहरुलाई मलंगवामा अस्पतालमा ल्याएर उपचार भईरहेको बताए । बलरा नपमा रहेको ११ वडा मध्ये ५ वडामा सर्व सहमति भएको, ४ वटा वडामा सहमतीको प्रयास भईरहेको छ भने रोकिएको २ वडामा पछि सहमती भछि निर्णय गरिने उनले भने ।
गत साता सदरमुकाम मलंगवास्थित पार्टी कार्यालयमा पनि संस्थापन पक्ष र इतर पक्ष विच प्रदेश मन्त्रीको अंगरक्षकले पेस्तोल ताकेको कारण दुई पक्ष विच झड्प भएका थिए जसमा ६ जना घाईते भएपछि सर्लाही अधिवेशन स्थगित भएको थियो । दुवै पक्षलाई काठमाडौमा बोलाएर सहमती गराएपछि उनीहरु जिल्लामा आएर अधिवेशन गर्दा पुन ः आज झड्प हुनु दुखद विषय भएको नेपाली काँग्रेसको नेता बलिराम झाले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन