0
Shares
रौतहट, १६ चैत । तिनकुनेमा पत्रकार सुरेश रजकलाई आन्दा्ेलनकारीहरुले आगो लगाएर हत्या गरिएको विरुद्धमा रौतहटका पत्रकारहरु पनि प्रदर्शन एवं उनको आत्मको चिर शान्तिको लागि मैनवत्ती बालेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
श्रमजिवी पत्रकारहरुद्धारा गौरको वीपी चोकमा धर्ना प्रदर्शन गर्यो भने आज साँझ नेपाल पत्रकार महासंघको अगुवाईमा मैनवत्ती बालेर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
संघिय राजधानीको तिनकुनेमा राजावादीहरुको प्रदर्शनलाई कभरेज गरिरहेका एभिन्यूजका पत्रकार रजक आगोमा जलेर मृत्यु वरण भएकोमा नेपाल पत्रकार महासंघले आफनो स्थापना दिवश नमनाई उनलाई मृत्यु उपरान्त पनि न्याय दिलाउन संघर्षका कार्यक्रम तय गरेर आज देखि देशैभरी प्रदर्शन भईरहेका छन् सोही क्रममा रौतहटमा पनि प्रदर्शन गरियो ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन