नेपाल–भारत विकास सहयोग अन्तर्गत चितवनको बछौली माध्यमिक विद्यालय भवनको शिलान्यास

0 Shares
रौतहट, १७ चैत । नेपाल–भारत विकास सहयोग अन्तर्गत चितवनको बछौंली माध्यमिक विद्यालयको पक्कि भवन निर्माणका लागि शिलान्यास गरिएका छन् ।
चितवनको रत्ननगर नगरपालिका वडा नम्वर ६ स्थित बछौली माध्यमिक विद्यालयको पक्कि भवन निर्माणका लागि आईतवार भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत देवी सहाय मीना र रत्ननगर नगरपालिकाको नगरप्रमुख प्रल्हाद सापकोटाले संयुक्त रुपमा शिलान्यास गरिएको महावाणिज्य दूतावास वीरगञ्जले जनाएका हुन् ।
दूतावासद्वारा आजा जारी भएको प्रेस नोटमा, महावाणिज्यदूत मीनाले ‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, लगायतका पूर्वाधार निर्माणको क्षेत्रमा निरन्तर रुपमा सहयोग गर्दै आएको चर्चा गरे ।
शिलान्यास कार्यक्रममा जनप्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी तथा विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावक, नेपाल–भारत मैत्री संघका सदस्य, संचारकर्मीहरु, स्थानीय बासिन्दा तथा नागरिक समाजका सदस्यहरुको उपस्थिति रहेको थियो ।
भारत सरकारको साढे तीन करोड आर्थिक सहयोगमा तिन तल्ले सुविधा सम्पन्न बछौली माध्यमिक विद्यालयको भवन निर्माण हुन लागेको बताइएको छ ।  उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) को रूपमा लिइएको यो परियोजना चितवनको रत्ननगर नगरपालिका मार्फत कार्यान्वयन भइरहेको छ प्रेस नोटमा उल्लेख गरिएको छ ।
जारी प्रेस नोटमा अगाडी भनिएको छ, बछौली माध्यमिक विद्यालयको स्थापना सन् १९६२ मा भएको थियो । विद्यालयमा नर्सरी देखि लिएर कक्षा १२ सम्म अध्ययन अध्यापन हुने गरेका छन् । सिटिभिइटी को सम्बन्धनमा होटल व्यवस्थापन डिप्लोमा कोर्स संचालनमा रहेको बताइएको छ ।
चितवन जिल्लाको उत्कृष्ट विद्यालयहरु मध्ये उक बछौली माध्यकिम विद्यालयमा ६५० जना विद्यार्थीहरु मध्ये ५१ प्रतिशत छात्राहरुको संख्या रहेको हुँदा पूर्वाधारले आवश्यक भवनलाई निर्माण सम्पन्न भएपछि अध्ययन अध्यापनमा टेवा पुग्ने उद्देश्यबाट उक्त विद्यालयमा पक्कि भवनको निर्माणमा भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको हो ।
जारी प्रेस नोटमा सन् २००३ देखि, भारत सरकारले नेपालमा विभिन्न क्षेत्रहरूमा ५६३ भन्दा बढी एचआईसीडीपीहरू लिएकोमा ४९५ परियोजनाहरू पूरा भईसकेको बताइएको छ । चितवन जिल्लामै १० वटा आयोजना सहित वाग्मती प्रदेशमा १०८ आयोजनाहरु रहेका छन् ।
सो बाहेक भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १ सय ९ एम्बुलेन्स र ३ सय स्कुल बस उपहार दिएको छ । त्यसमध्ये बागमती प्रदेशमा २ सय ३६ एम्बुलेन्स र १ सय स्कुल बस उपहार दिइएको जनाइएको छ । चितवनमा मात्रै १७ एम्बुलेन्स र ५ वटा स्कुल बस हस्तान्तरण गरिएको छ ।
भारत र नेपाल व्यापक र बहुक्षेत्रीय सहयोगमा अन्तर्गत संचालित परियोजनाहरुको कार्यान्वय पश्चात नेपालको विकासमा भारतको सहयोग निरन्तर रुपमा जारी रहने प्रेषित प्रेस नोटमा उल्लेख रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।