zoom install for windows 10 latest version - zoom install for windows 10 latest version zoom gn5 patches download zoom app error code 5003 download the zoom meeting app how do i download a zoom cloud recording zoom join a meeting download free - zoom join a meeting download free

घर भित्रयाउन ठिक्क पारिएको धानको भारीमा अज्ञात समुहद्धारा आगजनी

   १३ मंसिर २०७८, सोमबार ०९:०८  

तराई टप संवाददाता
रौतहट, १३ मंसिर । रौतहटको प्रेमपुर गोनाही गाउँको एक किसानले तिन विगहा जग्गामा लगाइएको धान काटेर दाई गर्न भण्डारण गरिएको चाँगमा अज्ञात समुहले आगो लगाइदिएको छ ।
रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्वर ७ प्रेमपुर गोनाही बस्ने किसान बुधाई राउ यादवले ३ विगहा जग्गाको धानबाली कटान गरेर दाई गर्न चाँग लगाइएको धानमा अज्ञात समुहले आईतवार मध्य राति अज्ञात समुहले आगो लगाइदिएपछि सबै धानको भारी जलेर नष्ट भएको हो ।
३ विगहा जग्गाको धान काटेर दाँई गर्न खलिहानमा राखिएको करिव ६४० वटा धानको भारी (बोझा) पूर्ण रुपमा जलेर नष्ट भएको पिडित परिवारले जनाएको छ । आगलागी भएको खवर पाउना साथ नजिकमा रहेको सुरक्षाकर्मी सहित गौरबाट आएको बारुण यन्त्रको मद्दतबाट आगोलाई नियन्त्रण गर्न सकियो तर धानलाई जोगाउन नसकिएको इलाका प्रहरी कार्यालय गरुडाको डिएसपी श्रीराम भण्डारीले बताए ।
प्रारम्भीक अनुमानबाट करिव ३ लाख मूल्य बराबरको क्षति भएको अनुमान गर्दै उनले आगलागी गराउने अज्ञात समुहको खोजि एवं पहिचान गर्ने कार्य जारी रहेको तथा गहन अनुसन्धान भईरहेको उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै